Widgets

Home » , » कुन क्लबको एट्याक कस्तो ?

कुन क्लबको एट्याक कस्तो ?

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
युरोपीयन देशहरुमा फुटबलको महाभिडन्त सुरु हुँदैछ । फुटवल प्रेमीहरु च्याम्पियन्स लिगदेखि इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा, इटालीयन सिरिएको पर्खाइमा छन् ।
football-attack
फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग उत्कृष्ट एट्याक छ । सिरिएका सर्वाधिक गोलकर्ता काभानी यसै सिजन नापोलीबाट पीएसजी आएका छन् । लिग वान च्याम्पियन पीएसजीको फर्वाडमा अब काभानी र जाल्टन इभ्राहिमोभिचको उत्कृष्ट जोडी हुनेछ । काभानीले गत सिजन नापोलीका लागि २९ गोल गरेका थिए भने इभ्राहिमोभिचले लिग वानमा ३० गोल गरेका थिए ।
स्पेनिस क्याटलन बार्सिलोनाको फवार्डमा अर्जेन्टिनी स्टार लिओनल मेस्सी र ब्राजिलियन स्टार नेयमार छन् । मेस्सीले गत सिजन ला लिगामा ४६ गोल गरेका थिए भने नेयमारले सान्तोषका लागि ब्राजिलियन लिगमा १४ गोल गरेका थिए । स्पेनिस जाइन्ट रियल मड्रिडको एट्याकिङको जिम्मा क्रिष्टियानो रोनाल्डो र करिम बेन्जिमाले सम्हाल्नेछन् । रोनाल्डोले गत सिजन ला लिगामा ३४ र बेन्जिमाले ११ गोल गरेका थिए । एथ्लेटिको मड्रिडले डेभिड भिल्ला र डि कास्टोलाई भित्र्याएको छ ।
प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर युनाइटेडमा रोविन भानपर्सी र वायन रुनी छन् । गत सिजन प्रिमियर लिगमा भानपर्सीले २६ र रुनीले १२ गोल गरेका थिए । म्यानचेष्टर सिटीमा नेगार्डो र सर्जिओ एग्युरो छन् । गत सिजन मालागोमा रहेको नेगार्डोले २५ गोल गरेका थिए भने एग्युरोले सिटीका लागि १२ गोल गरेका थिए । चेल्सीमा फर्नोन्डो टोरेस र लुकाका छन् भने टोटनहृयाममा डिफोइ र सोल्डाडो छन् । उसका मूख्य स्ट्राइकर ग्यारेथ बेल टोटनहृयाम रहने वा रियल मड्रिड जाने अझै अनिश्चित छ ।
गत सिजन च्याम्पियन्स लिगसँगै बुन्डेललिगा र जर्मन कप गरी तेहेरो उपाधि जितेको वार्यन म्युनिखमा थोमर मुलर र मारियो मान्जुकी छन् । गत सिजन माज्नुकीले २५ तथा मुलरले १३ गोल गरेका थिए । अर्को जर्मन क्लब बोरुसिया डर्टमुण्डमा रोवर्ट लेभान्डोस्की र पियरे छन् ।
यो सिजनमात्र फ्रान्सेली लिग वानमा उक्लिएको मोनाकोमा फल्काओ र जेम्स छन् । गत सिजन फल्काओले ला लिगाको एथ्लेटिकोका लागि २८ गोल गरेका थिए । मोनाकोका कोलम्बियन स्टार जेम्सको नाममा १० गोल छ । इटालीयन महारथी एसीमिलनको फवार्डमा मारियो बालोटेली र एल सायरो छन् भने नापोलीले हिगुइन र मार्टिन्सलाई भित्र्याएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger