Widgets

Home » , » कुकुरका लागि हि्वल चेयर किन्न बालकको लोभलाग्दो पौरख

कुकुरका लागि हि्वल चेयर किन्न बालकको लोभलाग्दो पौरख

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

dog

बालबालिकाको मन न हो । अमेरिकाका एक बालकले आफ्नो एक अपांग कुकुरका लागि हि्वल चेयर किन्ने पैसा जुटाउन सलाम गर्न लायक पौरख गरेका छन् । हि्वल चेयर किन्ने ३ सय डलर पैसा जुटाउन उनले साँचो राख्ने चेन देखि लिएर चुम्बक समेत बिक्रि गरे । केन्टकीका बासिन्दा ८ वर्षका राइडर म्याक कोनाथीले यस्ता खुद्रा सामान होलसेल पसलबाट किन्ने र खुद्रा बजारमा लगेर बेच्ने गरेर केही दिनमै आफ्नो कुकुरका लागि हि्वल चेयर किन्ने पैसा जुटाए । राइडरको एक वर्षजेठो साथी कुकुर कासियस एक वर्षघि माइलोप्याथी रोगले थलिएर अपांग बनेको थियो । अझ घरको माथिल्लो तलाबाट तल खसेपछि त्यो कुकुरको खुट्टा भाँचिएको थियो । आफ्नो साथी कुकुरको खुट्टा भाँचिएर हिँडडुल गर्न नसक्ने हुँदा राइडरको मन खायो । त्यसैले उनले उक्त कुकुरका लागि केही गर्ने निधो गरे । उनले खुद्रा सामान बेच्ने काम गरे र ३३० डलर जम्मा गरे । ३१५ डलरमा हि्वल चेयर किनियो र बाँकी १५ डलर राइडरका परिवारले एक संस्थालाई दान गरे । अहिले हि्वल चेयर पाएपछि कासियस हिँडडुल गर्नसक्ने भएको छ । धन्य ती पौरखी राइडर ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger