Widgets

Home » , » अस्पतालको शययामा नै न्वारन

अस्पतालको शययामा नै न्वारन

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
५ भदौ, बैतडी । सामान्य अवस्थामा शिशु जन्मिएको एघारौँ दिन सामाजिक रीतिअनुसार घरमा बाहृमण बोलाएर न्वारन गरिने भए पनि गर्भावस्थामा आमाको उच्च रक्तचापका कारण शल्यक्रिया गरेर जन्मेको एक शिशुको भने बैतडी जिल्ला अस्पतालमै न्वारन गरिएको छ । नवजात शिशुको एघारौँ दिन स्वास्थ्यकर्मीले अस्पतालमै न्वारन गरिदिएका हुन् । दुई हप्ताअघि सुत्केरी व्यथा लागेपछि घरमै बेहोस भएकी वसन्तपुर-५ की २० वषर्ीया गीता दमाईलाई बोकेर सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको थियो । उच्च रक्तचापका कारण अर्धचेत अवस्थामा रहेकी गीताले सामान्य अवस्थामा बच्चा पाउन नसकेपछि डा गुणराज अवस्थीले शल्यक्रिया गरेर उनको पेटको बच्चा निकालेका थिए । छोरी जन्माएकी गीताको अवस्था सुधार नभएपछि उनको जिल्ला अस्पतालको शययामा नै न्वारन गरिएको हो । अस्पतालमा नै सहयोगीका रुपमा कार्यरत एकल महिला हरिना लोहोर र एचआइभी सङ्क्रमित महिला गङ्गा थापाले वैदिक विधिअनुसार न्वारन गर्दै उनको छोरीको नाम करिस्मा जुराइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा अवस्थीले बताउनुभयो । अस्पतालमा सुरक्षित सुत्केरी गराउन सफल भई आमा र बच्चाको स्वास्थ्य सामान्य बन्दै गएपछि दमाई दम्पती खुसी भएका छन् । अस्पतालले गरेको उपचारप्रति आभार व्यक्त गर्दै उनीहरुले स्वास्थ्यकर्मीहरु र डाक्टर मिलेर न्वारनसमेत गरिदिएपछि खुसी लागेको गीताका श्रीमान् रमेशले बताउनुभयो । पछिल्लो समय जिल्ला अस्पतालमा गुणस्तरीय सुत्केरी सेवा प्राप्त हुन थालेपछि बैतडीका विभिन्न ठाउँलगायत छिमेकी जिल्लाबाट समेत सुरक्षित सुत्केरी गराउन अस्पताल आउने महिलाको सङ्ख्या बढेको छ । साउन महिनामा मात्रै ४७ जनाले अस्पतालमा बच्चा जन्माएकोमा ११ जनाको शल्यक्रिया गरिएको थियो । त्यस्तै, गत आर्थिक वर्षमा ४ सय १५ जनाले अस्पतालमा बच्चा जन्माएकोमा ८६ जनाको शल्यक्रिया गरिएको डा अवस्थीले बताउनुभयो । २०६८ सालमा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या सात प्रतिशत रहेकोमा २०६९ सालमा १४ प्रतिशत र २०७० सालमा आइपुग्दा ३१ प्रतिशत पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger