Widgets

Home » , » नुवाकोटबाट मात्रै कुखुरा निर्यात

नुवाकोटबाट मात्रै कुखुरा निर्यात

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कपिलदेव खनाल ५ भदौ, नुवाकोट । काठमाडौ उपत्यका सहित आसपासका जिल्लाहरुमा कुखुराहरुमा बर्डफ्लुको सक्रमण फैलिएपछि आवतजावतमा पशु सेवा विभागले कडाई गरेको छ । काठमाडौसंग जोडिएको भक्तपुर, ललितपुर, धादिङ लगायतका जिल्लाहरुमा बर्डफ्लु फैलिएपछि कुखुराजन्य सामागि्रहको आवत जावतमा नुवाकोटसंग बाहेक बाँकी जिल्लाहरुको नाका विभागले बन्द गरिएको हो । काठमाडौ छिर्ने मुख्य चार नाका मध्ये थानकोट, सागाँ र फर्पिङ बन्द गर्दै केही समयको लागि कुखुराजन्य सामागि्र आवत जावतको लागि नुवाकोटसंगको मात्र नाका सुचारु गरिएको छ । गएको साउन २४ गतेदेखि मान्यता प्राप्त पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएपछि मात्र काठमाडौ लैजान सकिने व्यवस्था मिलाउदै आएको विभागले हिजोदेखि केही समयको लागि अन्य तीनवटा नाकामा पूर्ण रुपमा बन्देज लगाउदै नुवाकोटसंगको नागार्जुन नाकाबाट मात्र आवत जावत गर्न सकिने व्यवस्था मिलाएको हो । विभागले नाकाहरु बन्द गरिएको जानकारी गराएपछि नुवाकोटबाट काठमाडौ तर्फ कुखुरा लगेका पाँच वटा गाँडीहरुलाई प्रहरीले जान नदिएको भन्दै हिजो नुवाकोट पोल्टी व्यवसायी संघले आपत्ति जनाएको छ । प्रहरीले तादी पुल, देवीघाट लगायतका स्थानमा रहेका प्रहरी चेकपोष्टमा गाडी रोकेर सोमबार राति काठमाडौ लैजान रोक लगाएको थियो । प्रहरीले कुखुरा काठमाडौ लैजान नदिएको र रातभर ओहोर दोहोर गर्दा गराउँदा व्यवसायी राजेन्द्र दुवाडी र राजकुमार ढकालको तीन सय भन्दा बढी कुखुरा मरेको बताइएको छ । संघले नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीलाई हिजो ध्यानाकर्षण पत्र बुझाउदै नुवाकोट नाकासंग आवतजावतमा कुनै रोकावट नभएकाले सहज रुपमा कुखुराजन्य सामगि्र ओसार पसारको वातावरण बनाउन आग्रह गरेको छ । व्यवसायीहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारीले सूचना आदान प्रदानमा भएको कमजोरीका कारण रोकिन पुगेको स्पष्ट पार्दे माफी माग्नु भएको व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुले प्रशासन भन्दा आफूहरु झन् सचेत रहेको र जिल्लामा रोग भित्रिन नदिनलाई उच्च सतर्कता अपनाउदै आइरहेको संघका सचिब राजेन्द्र रिजालले जानकारी दिनुभएको छ । जिल्ला पशु सेवा कार्यलय नुवाकोटले पनि किसानहरुलाई सोमबार राति रोकिएकोमा केन्द्रीय निर्णयले अन्य नाकाहरुमा लगाएको रोकको सूचना प्रहरीमा गलत रुपमा सम्प्रेशण भएकाले रोकिन पुगेको स्पष्ट पारेकेा छ । कार्यालय प्रमुख डा. गौरीमान श्रेष्ठका अनुसार मान्यता प्राप्त पशु चिकित्सकबाट स्वास्थ्य परिक्षण गराएको कुखुरालाई नुवाकोट नाका हुदै काठमाडौ लैजान र ल्ययाउन नुवाकोट प्रशासनलाई आग्रह गरेको छ । कार्यालयले व्यवसायीहरुलाई पंक्षिजन्य सामागि्रको ओसारपसारका लागि नागार्जुन नाकामा प्राविधिकहरु बिहानको ४ बजेदेखि ९ बजेसम्म बस्नेछन् ।स त्यस्तै साँझको पाँच बजेदेखि ८ बजेसम्म प्राविधिकहरु बस्ने भएकोले त्यही समय बनाएर लैजान आग्रह गरेको छ । कार्यालयले जिल्लामा रोग पस्न नदिन कुखुरा व्यवसायीहरुलाई आग्रह गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger