भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
५ भदौ, दमौली । दमौलीको व्यास-६ साँगे नेपालटारस्थित जनजुक्त शाही उमाविका छात्रा बेहोस भई ढल्ने क्रम नरोकिएपछि शिक्षक र अभिभावक चिन्तित बनेका छन् ।
तीन महिनादेखि छात्रामा देखिएको बेहोस भई ढल्ने क्रम नरोकिएपछि शिक्षक र अभिभावक चिन्तित बनेका हुन् । १०/११ जना छात्रामा देखिएको यो अवस्था दोहोरिँदै गएपछि उनीहरु थप चिन्तित बनेका हुन् । मङ्गलबार १३ जना छात्रा एकपछि अर्को गर्दै कक्षाकोठामा बेहोस भई ढलेको विद्यालयले जनाएको छ । असारदेखि नै ती छात्रा नियमित रुपमै ढल्दै आएका हुन् ।
टाउको दुख्ने र रिङ्गटा लाग्ने भएपछि ती छात्रा बेहोस भएर ढल्ने गरेका हुन् । ढलेका छात्रालाई मेडिकलमा लगेर स्लाइन चढाएपछि उनीहरुको होस खुलेको थियो ।
कक्षा ७ की सृजना थापा, सपना कुमाल, कक्षा ५ की मनिला राई, कक्षा ३ की भूमि गोतामे, सरिता विक, कक्षा २ की रस्मिला सारुलगायतका छात्रा ढल्दै आएको विद्यालयका प्रधानाध्यापक सूर्यनाथ वाग्लेले बताउनुभयो ।
साउन २८ गते नेसनल एपोलो अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सकसहितको टोलीले विद्यालयमा पुगेर ती छात्राको उपचार गरी परामर्श दिनुका साथै शिक्षक अभिभावकसँग अन्तरक्रिया गरी फर्के पनि छात्रामा त्यस्तो घटना दोहोरिएको हो । उनीहरुले विद्यार्थीमा मास हिस्टेरिया भएको बताउँदै परामर्शको बढी आवश्यक पर्ने जनाएका थिए । रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.