Widgets

Home » , » श्रीमतीका कारण सीपीलाई संकट, घन्टौ लाइनमा उभिएर महादेवको दर्शन

श्रीमतीका कारण सीपीलाई संकट, घन्टौ लाइनमा उभिएर महादेवको दर्शन

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
५ भदौ, काठमाण्डौं । नेताकी श्रीमतीले आफ्नो पतिको राजनीतिक जीवन र उद्देश्य बुझिनन् भने श्रीमानले राजनीतिक यात्रामा कतिसम्म आलोचनाको भार सहन गर्नुपर्ने हुन्छ भन्ने उदाहरण नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेल बनेका छन् ।
cp gajurelसानै उमेरमा बाहुनकी छोरीसँग वैवाहिक सम्बन्ध गाँसेका गजुरेलका लागि त्यही नै अभिसाप बनेको छ । कल्याणी एक त बाहुनकी छोरी, त्यसमाथि कट्टर धर्मभीरु र कडा मिजासकी छन् । अनि गजुरेल परे श्रीमतीको एक वचन पनि काट्न नसक्ने । पछिल्लो पटक गजुरेलले गत साउन २६ गतेको देखाएको क्रियाकलाप यतिबेला पार्टी पंक्तिभित्र चर्चा र आलोचनाको विषय बनेको छ ।
नागपञ्चमीको अघिल्लो दिन श्रीमतीको आदेश उल्लंघन गर्न नसकेपछि उनी साथ लागेर पछिपछि भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गर्न पुगेका थिए । श्रीमतीको पछिल्तिर घन्टौ लाइनमा बसेर उनले पनि महादेवको दर्शन र प्रसाद ग्रहण गरेको बुधबार साप्ताहिकमा खबर छ । धेरै हल्लाखल्ला हुने डरले उनी अंगरक्षक र सवारी चालकलाई पनि पत्तो नदिई मन्दिर गएका थिए ।
सासूकै कारण बुहारीले सम्बन्ध विच्छेद गरिदिएपछि एक्लो बनेका छोरा सञ्जीवलार्ए गाडी चलाउन लगाएर त्यसदिन उनीहरु मन्दिर पुगेका थिए । पार्टीको महाधिवेशनका बेला गगल्स् लगाएर गाडीमा ओहोरदोहोर गर्दै गजुरेल पत्नीले देखाएको रवाफको चर्चा पार्टीपंक्तिमा सेलाउन नपाउँदै मन्दिरको चर्चा सुरु भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger