Widgets

Home » , » मोटरसाइकल चालकले मुक्का हान्दा ट्याक्टर चालकको मृत्यु

मोटरसाइकल चालकले मुक्का हान्दा ट्याक्टर चालकको मृत्यु

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२८, साउन, मोरङ । ट्रयाक्टरले मोटरसाइकललाई बाटो नछाडेको भन्दै एकजना मोटरसाइकल चालकले ट्रयाक्टर चालकलाई हिर्काउँदा मोरङको बिराटचौकमा सोमबार ट्रयाक्टर चालकको मृत्यु भएको छ । आफ्नो मोटरसाइकलाई ट्रयाक्टरले साइड नदिएको भन्दै मोटरसाइकल चालक बगु भनिने मोरङ इन्द्रपुर-७ का ४८ वर्षीय बधुकुमार थारुले मोरङ कटहरी ७ बस्ने ५५ वर्षीय ट्रयाक्टरका चालक बसीरशेख मियालाई हिर्काउँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ । को १ त ५४३३ नम्बरको ट्रयाक्टरमा ईंटा लिएर बिराटचौकदेखि दक्षिणतिर गइरहेका मियालाई पछाडिबाट को ६ प ९१३९ नम्बरको मोटरसाईकलमा आइरहेका थारुले कुटेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक नवराज कार्कीले बताउनुभयो । थारुले बिराटचौकदेखि करिब एक किलोमीटर दक्षिण सिसौघारीमा मोटरसाइकल तेस्र्याई बाटो छेकेर मियाँलाई कुटेका थिए । चालक मियाँलाई ट्रयाक्टरको चालक बस्ने सिटमा नै मुडकीले प्रहर गरेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । चालक मियाँलाई उपचारका लागि विराटचौकस्थित अस्पतालमा ल्याउँदा ल्याउँदै उनको मृत्यु भएको प्रहरीले बताएको छ । थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । -अर्जुन राजवंशीको सहयोगमा

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger