Widgets

Home » » कोरियामा बन्यो बस रिचार्ज गर्ने सडक

कोरियामा बन्यो बस रिचार्ज गर्ने सडक

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दक्षिण कोरियाले एक यस्तो सडक बनाएको छ, जसले आफूमाथि गुड्ने इलेक्टि्रक गाडी रिचार्ज हुन्छ । १२ किलोमिटर लामो यो सकड विश्वको पहिलो भएको उसको दावी छ ।यो सडकमा गुड्दा रिचार्जका लागि गाडीलाई रोकिराख्नु पर्ने झन्जट पनि छैन । दक्षिण शहर गूमीमा बनाइएको यस्तो सडकमा अहिले दुई बटा सार्वजनिक बस गुड्नेछ र २०१५ सम्ममा थप १० बस समावेश गर्ने योजना छ । शहरको ट्रेन स्टेशनबाट डोंग डिस्ट्रिकलाई जोड्ने सडकमा आफूमाथि गुड्ने इलेक्ट्रसक गाडी रिचार्ज हुने सिस्टम जडान गरिएको हो ।1
 महंगो पर्नसक्छ
इलेक्ट्रिक गाडी रिचार्ज गर्ने सडक विकास गर्ने कोरिया एडभान्स इस्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीको टिम प्रमुख दोङ हो चो ले भनेका छन्-’अनलाइन इलेक्टि्रक भइकल ओएलईभीको हाम्रो परियोजना सफल रहृयो ।’यातायात विशेषज्ञहरुले भने यस प्रविधिका लागि बस र सडकमा उपकरण जडान गर्नु महंगो सावित हुनसक्छ, किनकी यो व्यवहारिक छैन । कार्डिफ विश्वविद्यालय सेन्टर फर अटोमोटिभ इन्डस्ट्री रिसर्चका डाक्टर पालले भनेका छन्-’यो प्रविधिमा सार्वजनीक यातायात प्रणालीको सम्भावना छ । तर, निजी इलेक्ट्रोनिक सवारीका लागि यससम्वन्धी उपकरण जडान गर्न निकै महंगो हुन्छ ।’2
कसरी गर्छ काम ?
इलेक्ट्रिक गाडी रिचार्ज गर्ने सडकमा गुड्ने बसहरुको तल्लो भागमा एक उपकरण जडान गरिन्छ, जुन शेप्ड म्याग्नेटिक फिल्ड यो रीजोनन्स प्रविधीको प्रयोगबाट चार्ज हुन्छ । बीबीसीका अनुसार सडकको तल्लो भागमा बिछ्याइएको विद्युतको तारले विद्युतीय चुम्बक पैदा गर्छ । जुन उपकरणको भित्र रहेको एक भागमा जम्मा हुन्छ र यसलाई विद्युतमा परिणत गर्छ । यो उपकरण सडकको सतहबाट १७ सेमीमाथि रहन्छ भने पावर स्ट्रिप सडकमा ५ देखि १५ प्रतिशत भागष्मा राखिएको हुन्छ । शोधकर्ताहरुका अनुसार यसले यात्रुहरुको स्वास्थ्यमा कुनै असर गर्दैन । इलेक्ट्रिक सवारीले यात्रा सुरु गर्नुअघि उर्जा संग्रहीत गर्नु आवश्यक पर्दैन भने यसको ब्याट्री सामान्य ब्याट्रीभन्दा तीन गुणा सानो छ । यसका कारण सवारीको तौल कम हुन्छ ।इटलीको टोरिया र नेदरल्याण्डको यूट्रेच्टमा पनि केही बस स्टपमा ताररहित चार्जिङ उपकरण लगाईको छ । जहाँ चालकले केहीबेर रोकेर सवारी चार्ज गर्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger