Widgets

Home » » रेकर्ड गर्न मिल्ने एलजी स्मार्ट टिभी बजारमा

रेकर्ड गर्न मिल्ने एलजी स्मार्ट टिभी बजारमा

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
 एलजीको अत्याधुनिक ‘टाइम मेशिन’ प्रविधियुक्त स्मार्ट टिभी नेपाली बजारमा भित्रिएको छ । टाइम मेशिनले टिभीमा प्रत्यक्ष प्रशारण भएका दृश्यलाई लाइभ हेर्दा हेर्दै रिप्ले गरेर अगाडिको दृश्य हेर्न मद्धत गर्छ । यस्तो प्रविधियूक्त टिभी एलजीको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी समुह अन्र्तगतको सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा भित्राएको हो ।
मनपर्ने कार्यक्रम लाइभ हेर्न नपाउने व्यक्तिका लागि यो प्रविधियूक्त टिभी उपयोगी हुनेछ । यस्तो सुविधा एलजीले २०१३ को संस्करणमा ल्याएका स्मार्ट टिभीमा उपलब्ध छ । टिभीमा पछि आउने कार्यक्रम पनि पहिले नै सेट गरेर रेकर्ड गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालमा यो टिभी ३२ र ४२ इञ्चको साइजमा उपलब्ध छ । ३२ इञ्चको ‘एलए६२००’ मोडलको मूल्य ८७ हजार ९ सय ९० रुपैयाँ रहेको छ भने ४२ इञ्चको ‘एलए६२००’ मोडलको मूल्य १ लाख ५४ हजार ७ सय ९० रुपैयाँ रहेको छ ।
टिभीमा टाइम मेशिनको रेकर्डिङ्ग क्षमतालाई चार प्रकारमा बाँडिएको छ । इन्टरनल रेकर्डिङ्गले टिभी दृश्यलाई मेमोरी कार्डमा सुरक्षित गर्दछ । वाच एण्ड रिकर्डले दर्शकले एउटा टिभी हेरिरहेका बेलामा पनि अर्को च्यानल रेकर्ड गर्दछ । सेड्युल्ड रेकर्डिङ्गले आउने कार्यक्रमको पहिल्यै टाइम सेट गरेर रेकर्ड गर्ने बताइएको छ । लाइभ प्ले ब्याकले दर्शकलाई दृश्य हेर्न, स्थगन गर्न, दृश्य उल्टाउन, सेभ गर्न र दोहोराएर हेर्न मद्धत गर्नेछ ।
LG-Time-Machine-TVs
एलजीको स्मार्ट टिभीमा एक घन्टाको दृश्य आन्तरिक मेमोरीले नै धान्न सक्छ । त्योभन्दा धेरैको सेभ गर्न एक्सटर्नल हार्ड डिस्कको प्रयोग गर्नुपर्ने हुन्छ । दर्शकले एउटै टिभीमा टु डी र थ्री डी जुन चाहे पनि रोजेर हेर्न सक्छन् ।
यो टिभीमा आफूसँग भएका मोबाइल, पेनड्राइभ र ल्यापटपमा भएका फाइलहरु पनि प्ले गरेर हेर्न सकिन्छ । यसले इन्टेलको वाइडाइ सपोर्ट गर्ने हुँदा ल्यापटपलाई वायरलेस टिभीमा डिस्प्ले गर्न सकिन्छ । त्यस्तै, यसले एमएचएल -केबल) अथवा मोबाइल एचडी लिंक पनि सपोर्ट गर्ने हुँदा मोबाइलको फाइल ठूलो पर्दामा प्ले गर्न सकिन्छ । यसलाई टिभीको म्याजिक रिमोटबाट नियन्त्रण गर्न सकिन्छ । मोबाइलको फाइल टिभीमा हेरिरहँदा मोबाइलमा आफैं ब्याट्री चार्ज पनि हुन्छ ।
टिभीसँगै आउने एनएफसी स्टिकरसँग स्मार्टफोन ट्यागिङ्ग गरेर कन्टेन्ट आपसमा सेयरिङ्ग र मिररिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी, डीएलएनएमार्फत टिभीमा मिराकास्ट र नेटवर्क फाइल ब्राउजर पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।
यो टिभीमा टि्रपल एक्सडी इन्जिन छ, जसले कलर, कन्ट्रास्ट र क्लारिटीलाई उत्कृष्ट दृश्य बनाउन सक्छ । यसमा रहेको आईपीएस प्यानलले धेरै मानिसले विभिन्न कोणबाट हेर्दा पनि टिभीको गुणस्तरमा कुनै ह्रास हुँदैन । रिजोलुसन अपस्केलरले सामान्य खालको भिडियोको पनि गुणस्तर वृद्धि गर्न सघाउँछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger