Widgets

Home » , , , » घनश्याम र सुष्माको आाखा जुध्न थालेपछि…( भिडियो )

घनश्याम र सुष्माको आाखा जुध्न थालेपछि…( भिडियो )

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बाटोमा हिाड्दा घनश्याम रिजाल र सुष्मा लोहोनीको आँखा जुध्न थाल्छन् । भेट हुँदा निरन्तर आँखा जुध्न थालेपछि बैंशले मत्त परेका दुबैले एक अर्कालाई मन पराउन थाल्छन् । एकले अर्कालाई मन पराउन थालेपनि दुबै जनाले बोलाउन भने सक्दैनन् । जम्का भेट हुँदा घनश्याम सोच्छ सुष्माले बोलाइदिए पनि हुन्थ्यो, सुष्माले सोच्छे घनश्यामले बोलाइदिए पनि हुन्थ्यो ।
यस्तै परिवेशलाई समेटेर लोकदोहोरी गायक घनश्याम रिजाल र गायिका सुष्मा लोहनीले तीजको कोशेली ‘भन्देउ न माया’ बजारमा ल्याएका छन् । गीतमा दुबै जनाले आफ्नो मनमा कुण्ठित भएर बसेका कुराहरु पोखेका छन् । आफुसँगैका साथीहरुले छोराछोरी बोकेर हिँड्दा दुबै जनाले आफुलाई पनि छोराछोरी बोकेर हिँड्न रहर लाग्न थालेको बताएका छन् ।
दुबै जनाले एकअर्कालाई भेटेपछि राहत महशुस गर्न थालेको गीत सुन्दा आभास हुन्छ । गीतमा दुबैजना मायाको प्यासी भएको र एकअर्कालाई देख्नासाथ मन पराउन थालेको कुरा व्यक्त गर्न खोजिएको छ ।
गीतमा स्वर घनश्याम रिजाल र सुष्मा लोहनी आफले भरेका छन् । गीतको शब्दा घनश्याम रिजालले संकलन गरेका हुन् । गीतमा लय राजन कार्कीको हो । गीत पोखराको आकृती म्यूजीक प्रालिले बजारमा ल्याएको हो । भिडियो शाई भिजन प्रालिले निर्माण गरेको हो । एकआपसलाई मन पराएर पनि मन पराउाछु भनेर व्यक्त गर्न नसक्ने यूवा युवतीको रियल कथालाई समेटिएको हुादा गीत लोकपि्रय हुने गायक गायीकाले विश्वास लिएका छन् ।
रिजालको यो दोस्रो तीजको एल्बम हो । गत साल रिजालले …..बजारमा ल्याएका थिए । जुन गीत चर्चामा समेत आएको थियो । स्यान्जाको एलादीमा जन्मेका रिजाल सानैदेखि लोकदोहारी गीत गाउन थालेका हुन् । लोक दोहोरी प्रतिष्ठान पश्चिमाञ्चलका सचिव समेत रहेका रिजालले हरेक वर्षजसो नयाँ एल्बम निकाल्दै आएका छन् ।
मस्र्यान्दी र मादी, भर्भर आगो, आफ्नो मान्छे अर्कैलाई सुम्पिएर बोलका गीत रिजालका चर्चित गीत हुन् । आफ्नो मान्छे अर्कैलाई दिएर रिजालको आफ्नै जीवनमा घटेको वास्तविक घटनामा आधारित गीत हो । रिजालले झण्डै दुई दर्जन गीतमा शब्द र लय दिएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger