Widgets

Home » , » २ सय करोड नजिक ‘चेन्नाई एक्सप्रेस’, ‘थ्री इडियट्स’को रेकर्ड तोड्ने पक्का

२ सय करोड नजिक ‘चेन्नाई एक्सप्रेस’, ‘थ्री इडियट्स’को रेकर्ड तोड्ने पक्का

Written By sangalo on Thursday, August 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड बादशाह साहरुख खान अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले प्रदर्शनको दोश्रो सातामै २ सय करोडको नेट व्यापार गर्ने पक्का जस्तै भएको छ । प्रदर्शनको ३ दिनमै १ सय करोड कमाएर सबै रेकर्ड ब्रेक गरेको यो चलचित्रले वुधबार सम्म १९७.३६ करोडको व्यापार गरेको छ । सिनेमाले बिहिबार सलमान खान अभिनित चलचित्र ‘एक था टाइगर’ले कमाएको १९८ करोडको लाइफ टाइम कलेक्शनलाई उछिन्ने पक्का जस्तै छ ।आफ्नो दोश्रो सातामा पनि व्यापारमा खासै गिरावट नआएकाले पनि ‘चेन्नाई एक्सप्रेस’ले आमिर खान अभिनित चलचित्र ‘थ्री इडियट्स’ले कमाएको २०२.४७ को लाइफ टाइम कलेक्शनलाई शनिबार सम्म उछिन्ने विश्वास गरिएको छ ।
रोहित सेट्टीको निर्देशनमा साहरुख खान, दीपिका पादुकोण अभिनित यो चलचित्रले बलिउडमा आजसम्म बनेका सबै रेकर्डहरुलाई ब्रेक गरेको छ । यो चलचित्रको सफलतासँगै नायक साहरुख खानले आफूलाई पुन बलिउडमा बादशाहको स्थानमा उभ्याएका छन् । चलचित्रको लाइफ टाइम कलेक्शन २१० करोड माथी पुग्ने अनुमान गरिएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको अक्षय कुमार अभिनित चलचित्र ‘वन्स अपन अ टाइम ईन मुम्बइ दोबारा’ले कुनै कमाल नगरेपछि यसको प्रत्यक्ष फाइदा ‘चेन्नाई एक्सप्रेस’लाई परेको छ ।
चलचित्रले ओभरसिजमा पनि वुधबार सम्म ९० करोड माथीको व्यापार गरिसकेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger