Widgets

Home » » वैद्य नेतृत्वको २५ दलीय मोर्चा वार्तामा बस्न तयार

वैद्य नेतृत्वको २५ दलीय मोर्चा वार्तामा बस्न तयार

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ साउन, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको २५ दलीय मोर्चा सरकारसँग वार्तामा बस्न तयार भएको छ । सरकारले बुधबार निर्शत वार्तामा बस्न आहृवान गरेपछि शुक्रबार बसेको असन्तुष्ट दलहरुको बैठकले वार्तामा बस्ने औपचारिक निर्णय गरेको हो । तर, सरकारको पत्रमा ‘३३ दलीय मोर्चा’ प्रष्ट किटान नभएकाले यसलाई थप सम्बोधन गर्नु पर्ने २५ दलको सर्त छ । ‘सरकारसँग वार्तामा बस्ने निर्णय भएको छ’ सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले अनलाइनखबरसँग भन्नुभयो । बैठकपछि माओवादी सचिव देव गुरुङद्वारा मोर्चाका तर्फबाट जारी विज्ञप्तिमा पनि आन्दोलनसंगै वार्ता र सम्वादबाट पनि राजनीतिक निकाश खोज्ने भन्दै वार्तामा बस्ने नीतिगत निर्णय भएको उल्लेख छ । ‘सरकारले नेकपा-माओवादीका नाममा पछिल्लो समयमा वार्ताको लागि पठाएको पत्रको सन्दर्भमा बैठकमा छलफल हुँदा आन्दोलनसंगै वार्ता र सम्वादबाट पनि राजनीतिक निकाशका लागि ३३ दलीय मोर्चा सधै सकारात्मक रहेकोले वार्तामा बस्ने नीतिगत निर्णय गरियो’ विज्ञप्तिमा भनिएको छ- ‘वार्ताका लागि सरकारले पठाएको उक्त पत्रमा ३३ दलको स्पष्ट अस्तित्व किटान नगरिएकाले वार्ताका लागि ३३ दलीय मोर्चालाई सम्बोधन गर्न आवश्यक छ भन्नेसमेत निर्णय गरियो ।’ शेर्पाका अनुसार सरकारले ३३ दलीय मोर्चालाई सम्बोधन गरेर पत्र पठाएपछि वार्ता टोली गठन गर्ने तयारी छ । वार्ताको आवश्यक तयारी तथा ब्यवस्थापनको जिम्मेवारी कार्यदललाई दिइएको छ । यसअघि वैद्य माओवादीले आफ्नो तर्फबाट ५ सदस्यीय वार्ता टोली गठन गरिसकेको थियो । यसअघि ३३ दलरहेकोमा घटेर २५ दल पुगेका छन् । तर, मोर्चाका नेताहरु भने आफूसँग अझै पनि ३७ दल रहेको बताइरहेका छन् । दलको संख्या तलमाथि भए पनि मोर्चाको नाम ‘३३ दलीय’ नै रहेको उनीहरुको दाबी छ । मोर्चाले निर्वाचनको सर्त हटाइए चार दलीय उच्चस्तरीय राजनीतिक समितिसँग पनि वार्ता गर्न तयार रहेको बताएको छ । निर्वाचनका लागि भन्दै वार्तामा बोलाएर शर्त राखेको भन्दै हालै मात्र मोर्चाले निशर्त वार्तामा बस्ने राजनीतिक समितिलाई जवाफी पत्र पठाएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger