Widgets

Home » » निर्वाचन आयोगभित्र एनजीओ पसेपछि विवाद

निर्वाचन आयोगभित्र एनजीओ पसेपछि विवाद

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ साउन, काठमाडौं । निर्वाचन आयोगले आचार संहिता जारी गरेर दल र मिडियालाई अनुशासनमा रहन आग्रह गरेको छ । तर, निर्वाचन आयोग आफैंले चाहिँ एनजीओसँग मिलेर आर्थिक चलखेल गर्न थालेको छ । विभिन्न एनजिओ/आइएनजीओमा काम गरेका व्यक्तिलाई पदाधिकारी बनाएपछि निर्वाचन आयोगभित्र एनजीओ पसेको हो ।
विगत संविधानसभा चुनाव र उपचुनावमा मिडियामा आचार संहिता उल्लंघन भए/नभएको नेपाल प्रेस काउन्सिलले अनुगमन गरेकोमा यसपालि आयोगले मिडिया अनुगमनको जिम्मा एनजिओलाई दिएको भन्दै प्रेस काउन्सिलले आपत्ति जनाएको छ । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले शुक्रबार निर्वाचन आयोगलाई पत्र लेखेर आचार संहिता अनुगमन गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल रहेको स्पष्ट पार्नुभएको छ ।
निर्वाचन आयोगले मिडियाको आचार संहिता अनुगमन गर्ने जिम्मेवारी आयुक्त इला शर्मालाई दिएको छ । विगतमा विभिन्न एनजिओमा संलग्न शर्माको प्रभाव प्रयोग गर्दै आचार संहिताबारे प्रशिक्षण दिने नाममा केही एनजिओले शर्मामार्फत् सञ्चार प्रशिक्षण शीर्षकमा आयोगबाट बजेट हात पार्न सफल भएका छन् । सोही योजना अुनरुप यसैसाता धुलीखेलको महंगो होटलमा प्रशिक्षण कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा प्रशिक्षार्थी पठाइदिन आयोगकै तर्फबाट पत्र आएपछि शुक्रबार काउन्सिलले प्रशिक्षार्थी नपठाउने भन्दै आयोगलाई जवाफ पठाएको छ ।
मिडियामा आचार संहिता उल्लंघन भए, नभएको हेर्ने अधिकार निर्वाचन आयोगलाई नभई प्रेस काउन्सिललाई रहेको जिकिर काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको छ । कुनै पनि बाहनामा आयोगले मिडियाको आचारसंहिता अनुगमन गर्न नमिल्ने भन्दै काउन्सिलले अयोगलाई पत्र लेखेको छ ।
‘काउन्सिललाई आफ्नो परिभाषित जिम्मेवारीबाट च्युत हुने गरी आयोगबाटै हठात् अनुगमन गर्ने निर्णयप्रति नीतिगत असहमति रहेको हुँदा प्रशिक्षक प्रशिक्षणका लागि प्रतिनिधि पठाउन नसकिने व्होरा अनुरोध गर्दछु ।’- काउन्सिलका अध्यक्ष कार्कीले आयोगलाई लेख्नुभएको पत्रमा भनिएको छ ।
प्रेस काउसिन्सलका एक सदस्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सञ्चारिका समूह र निर्वाचन आयुक्त इला शर्माको मिलेमतोमा मिडिया अनुगमनका नाममा एनजिओसँग आर्थिक चलखेल शुरु भएको हो । यस विषयमा काउन्सिलका पदाधिकारीले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई प्रत्यक्ष भेटेर गुनासो पोखिसकेको बुझिएको छ । स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती पनि प्रेस काउन्सिलको साटो आफू निकट एनजिओलाई प्रजेक्ट पार्न इच्छुक हुनुहुन्छ । यसै विषयलाई लिएर आयुक्त शर्मा र उप्रेतीवीच टकराव समेत परेको स्रोत बताउँछ ।
यसबारे बुझ्न आयुक्त शर्मालाई फोन गर्दा उहाँले मोवाइल रिसिभ गर्नुभएन ।
Press-council

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger