Widgets

Home » , » हत्यारा नै चमत्कारी

हत्यारा नै चमत्कारी

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भएको सवा एक वर्ष बितेको छ। हत्यारा पक्राउ पर्नु त कता हो कता, नेपाल प्रहरीले उनीहरूको पहिचान समेत गर्न सकेको छैन। गत वर्षको जेठ १८ मा ललितपुरको बंगलामुखी मन्दिरबाट दर्शन गरी र्फकंदा उनको गोली हानी हत्या भएको थियो। प्रहरीले चमत्कार भए मात्र हत्याको कारण र हत्यारा पता लाग्ने बताएको छ। 'यो अनुसन्धानमा केन्द्रीत छौं, तर लुप्स र ल्याप्स -सुराक) फेला नपारेसम्म रहस्य खुल्न कठिन छ,' प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले भने। घट्नालगतै हालका प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति पनि गठन गरिएको थियो। लगातार तीन महिनासम्म कम्मर कसेर काम गरेको उक्त समितिमा प्रहरीका लगभग सबै स्वच्छ छविका कुशल अधिकृतहरू सहभागी थिए। अन्य थुप्रै स-साना टोली पनि हत्यारा पत्ता लगाउन दौडधूप गरेका थिए। हजारौं मोबाइल एसएमएसको अध्ययन र सयौंसँग सोधपुछ गर्दा पनि न्यायाधाशी बमको हत्याको रहस्य खुल्न सकेन। अनुसन्धान पूरा नहुँदै हतारोमा उनलाई सहिद घोषणा गर्ने सरकारले पनि यो विषयमा स्पष्ट रूपले केही बोलेको छैन। भरतपुर क्यान्सर अस्पतालका चिकित्सक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्नलाई छाडेको मुद्दामा बम विवादित भएका थिए। यही कारणले तत्कालीन प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठले उनलाई झन्डै दुई वर्षसम्म कुनै मुद्दा तोकेनन्। कुनै ऐतिहासिक, उल्लेखनीय एवं उदाहरणीय फैसला नगरेका बम पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट सर्वोच्चका न्यायाधीश बनेका थिए। उनको पूर्वपत्नीसँग जोडिएको घरायसी किचलो र उनी सर्वोच्चमा आउनुअघि गरेका फैसलाहरूको अध्ययन गर्दा पनि प्रहरीले यस विषयमा कुनै सुइँको पाएन। मुलुकका लागि कुनै ठूलो त्याग र योगदान नभए पनि सहिद घोषणा गरिएका न्यायाधीश बमको हत्याको कारण र हत्याराका सम्बन्धमा जान्न जनता भने पक्कै उत्सुक छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger