Widgets

Home » , » रेखा थापा मोरङबाट सिफारिसमै परिनन् एमाओवादीद्वारा उम्मेदवार सिफारिस

रेखा थापा मोरङबाट सिफारिसमै परिनन् एमाओवादीद्वारा उम्मेदवार सिफारिस

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Rekha Thapa

विराटनगर, भाद्र ५ - एमाओवादी मोरङले संविधानसभा निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । पार्टीले निर्वाचन क्षेत्र र जिल्ला कमिटीसँग हरेक क्षेत्रबाट ५/५ जनाको नाम मागेको थियो । यसबाहेक एक महिने जनसम्बन्ध सुदृढीकरण अभियानमा जिल्ला आएका केन्द्रीय सदस्यले समेत हरेक क्षेत्रबाट ५/५ जनाको नाम लगेका छन् । 'निर्वाचन क्षेत्र तथा जिल्ला कमिटीको नामावली र हामीले लगेको नामावलीलाई हेरेर उम्मेदवार छान्छौं,' नेता वर्षमान पुनले भने, 'तिनै नामावलीमा धेरैको नाम मिल्छ त्यहीमध्येबाट उम्मेदवार बन्ने हो ।' एमाओवादी मोरङले केन्द्रीय नेताहरू पुन, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल र गोपाल किराँतीको नाम विशेष भनेर सिफारिस गरेको एक नेताले बताए । 'उहाँहरूमध्ये १ जना जसरी भए पनि मोरङवाट लड्नुपर्छ, उहाँहरूले जुन क्षेत्र रोज्नुभयो त्यो दिन तयार छौं,' स्रोतले भन्यो । क्षेत्र नम्बर १ मा गणेश उप्रेती, खेमराज प्रधान, नरमाया भट्टराई, प्रकाश पौडेल र जुब्बा सोरेनलाई सिफारिस गरिएको छ । यसैगरी २ बाट देवराज भण्डारी, यसोदा खतिवडा, जहरमान लिम्बू, नेत्र पोखरेल र सूर्य धिमाल छन् । ३ बाट खेम भट्टराई, दिनेश साह, टेकबहादुर विष्ट र गीता तिम्सिनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ४ बाट भने शिवकुमार मण्डल, सर्वन पासवान, सर्वन राय, पूजा राजवंशी र डिल्ली घिमिरे छन् भने ५ बाट रामरिझन यादव, वालेश्वर कामत, राजकुमार यादव, रामप्रसाद साह र अमृत महतोको नाम छ । यस्तै ६ वटा योगेन्द्र यादव, राजेन्द्र मण्डल, विन्दु मिश्रा छन् । यसैगरी क्षेत्र नम्बर ७ मा विजय थारू, गोपाल कटवल, नमिता न्यौपाने, उपेन्द्र राय र अमन मोदी छन् । क्षेत्र नम्बर ८ बाट गोपी आछामी, नविन रिजाल, रामकुमार लिम्बू, लता न्यौपाने र नवराज चापागाईंको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ८ स्थायी घर भएकी अभिनेत्री रेखा थापा भने सूचीमा परिनन् । उनले यसअघि त्यहि क्षेत्रबाट चुनाव लड्ने संकेत गरेकी थिइन् । तर उनलाई काठमाडौंबाट उठाउने नेता वर्षमान पुनले बताएका छन् । यस्तै ९ बाट लक्ष्मी पौडेल, प्रवेश धिमाल, प्रेम लिम्बू, ज्ञानेन्द्र ढकाल र अन्नत राजवंशीको सिफारिसमा परेका छन् । राप्रपाद्वारा उम्मेदवार घोषणा नवलपरासी- संविधानसभा निर्वाचन नजिकिएपछि नवलपरासीका ठूला दललाई उछिन्दै राप्रपा नेपालले ६ वटा निर्वाचन क्ष्ाेत्रमा उम्मेदवार घोषणा गरेको छ । सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति बैठकले १ नम्बर क्षेत्रमा टेकहरि पौडेल र दुर्गादेवी गुरुङको नाम घोषणा गरेको छ । त्यसैगरी २ मा राजकुमार श्रेष्ठ, घनश्याम अधिकारी र कृष्ण न्यौपानेमध्येबाट एकजनाले प्रत्यक्षतर्फ निर्वाचन लड्ने पक्का भएको छ । उम्मेदवारीमा हानथाप नरहेको राप्रपाले समानुपातिकतर्फ नेता लोकनाथ लामिछाने, लक्ष्मी सापकोटा लामिछाने र रवीन्द्र कँडेलको नाम सिफारिस गरेको छ । त्यसैगरी ३ मा दिवाकर न्यौपाने र बुद्धिकुमार चन्द बोहोरा, ४ बाट छोटेलाल यादव, पारस जयसवाल र नारायण श्रेष्ठमध्ये एकलाई उम्मेदवार बनाउने भएको छ । क्षेत्र ५ मा पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका ओमबहादुर सिंह र दानबहादुर चौधरीलाई छनोट गरेको छ । तमलोपाका नेता हृदयेश त्रिपाठीको वर्चस्व रहँदै आएको १ नम्बर क्षेत्रमा मधेसमा प्रभावशाली मानिने गौरीशंकर कोहारको नाम सिफारिस गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger