Widgets

Home » , » दाहालले फेरि गरे आत्मालोचना 'जितको अहंकारले बिगार्‍यो’

दाहालले फेरि गरे आत्मालोचना 'जितको अहंकारले बिगार्‍यो’

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

prachanda

जनकपुर , भाद्र ५ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गत संविधानसभामा ठूलो पार्टी बनेको अहंकार तथा बहुमतीय प्रयासका कारण संविधानसभाबाट संविधान जारी हुन नसकेको बताएका छन् । एक टेलिभिजनको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफ्नो पार्टी क्रान्तिबाट फर्केलगत्तैको विजयले विवेकभन्दा पनि आवेगमा आएर काम गरेको स्वीकार गरे । उनले भने, 'हाम्रो सबभन्दा ठूलो गल्ती आवेगमा काम गर्नु थियो । हामी विवादित विषयमा मतदानमा गएको भए संघीय संविधान बन्थ्यो ।' गत तीन दिनदेखि धनुषामै रहेका एमाओवादी अध्यक्ष प्रचण्ड आइतबार बरमझिया र सोमबार पूर्वी धनुषाको लगमा बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै कांग्रेस र एमालेले फलाकेको सहमतीय जालोमा परेर बहुमतीय प्रणालीमा जान नसकेको बताए । आगामी संविधानसभालाई अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचन हुन नसके विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुमेर जाने ठोकुवा गरे । उनले मुलुकमा निर्वाचनको वातावरण बनिसकेको बताउँदै जनता, सरकार, निर्वाचन आयोग र प्रमुख दलहरू निर्वाचनको पक्षमा रहेको बताए । उनले भने, 'अब कसैले चाहेर निर्वाचनको मिति सर्नेवाला छैन । निर्वाचन निर्धारित मितिमै हुन्छ ।' कांग्रेस र एमालेलाई संघीयताविरोधीको आरोप लगाउँदै उनले आफ्नो पार्टीलाई स्पष्ट बहुमत तथा पहिचानसहितको संघीयतावादीलाई दुई तिहाइ बहुमत दिनुपर्ने अपिल गरे ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger