Widgets

Home » , » सलमान नायक कि खलनायक ?

सलमान नायक कि खलनायक ?

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बालिउड स्टार सलमान खान आफूले अभियन गरेको फिल्म किक सुटिङगका लागि बेलायत जाने तयारीमा थिए। त्यसैका लागि नायक खानले वेलायती दूतावासमा भिसा लागि आवेदन समेत दिएका थिए ।तर वेलायती दूतावासले नायक खानलाई खलनायक सम्झदै भिसा दिन अस्वीकृत गरेको छ । जुन विषय यतिबेला बलिउड मात्र नभई सारा विश्व माँझ चर्चाको विषय बन्न पुगेको छ । स्वभाविक विषय पनि हो ।बलिउड स्टार खानले भिसा नपाएको विषयमा चर्चा हुनु । एकातिर खानले वेलायत जानका लागि भिषा नपाएको विषय संचार माध्यमका लागि हटकेक बनिर रहेको छ भने अर्को तर्फ भने उनले के कारणले भिसा पाउन सकेनन भनेर खोजीनीति समेत हुन थालेको छ । विभिन्न समाचार एजेन्सीहरुले जनाए अनुसार बलिउड स्टार खानले राजस्थानमा अनाधिकृत रुमपा मृग र हरिण मारेको अभियोगका कारण उनी भिसा पाउनबाट बञ्चित भएका हुन ।संचार माध्यममा आएको यो समाचार यस अर्थमा सहि पनि हुन सक्दछ ।किनकि वेलायतमा त्यस्तो नियम रहेको छ ।जहाँ मानवको जत्तिकै पशुहरुको पनि अधिकार रहेको छ । उदाहरणका लागि कसैले आफ्नो घरमा कुनै जनवार पाल्दछ भने त्यसको स्वास्थ्य, खानपिन र बसोबासको व्यवस्था घर मालिकले पूर्णरुपमा गर्नुपर्दछ ।अन्यथा घर मालिक सजायको भागिदार हुनेछ । सन् १९९८ मा भएको यो हरिकाण्डमा खानले केही समय जेलको समेत सजाए भोगेका थिए ।जसले गर्दा पनि उनलाई भिसा अस्वीकृत गर्न वेलायती दूतावासलाई सहज भएको छ । यसका अलावा सन् २००२ मा सवारी साधान चलाउँदा एक जनाको ज्यान लिएर सलमान भागेको रिपोर्ट वेलायती दूतावास सम्म पुगेको छ । सायद, त्यसै कारण पनि बेलायतले सलमानलाई भिसा नदिएको हुन सक्दछ ।वेलायत त्यस्तो देश जो कुनै अभियोग भोगेका व्यक्तिहरु आफ्नो देश भित्रयाउन चाहदैन । भलै त्यो स्टार मात्र नभई सुपरस्टार नै किन नहोस् । साजित नाडियावाला द्धारा निर्देशित उक्त चलचित्रको सुटिङमा बलिउड स्टार खान जान नपाएपछि स्कटल्याण्डमा हुने भनिएको फिल्मको सुटिङ समेत प्रभावित हुन पुगेको छ । यद्यपी सुटिङमा जानका लागि बलिउड स्टार खानले पुनः बेलायती दूतावासमा भिसाका लागि प्रोसेस गरेको बुझिएको छ ।खानलाई दोस्रो पटक पनि बेलायतले किक हान्छ कि भिसा दिन्छ त्यो भने हेर्न बाँकी नै भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger