भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण २२ - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परिक्षणको क्रममा मानिसमा बर्डफलुको जीवाणु नभएको पुष्टि भएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले बर्डफलु प्रभावित क्षेत्रका ११ जनाको घाटीको र्याल थ्रुट सट परिक्षण गर्न लगेको थियो । परिक्षण गरिएको कसैलाई पनि बर्डफलु नपाइएको स्वास्थ्य सचिव डा प्रविण मिश्रले जानकारी दिए । 'मानिसमा पनि बर्डफलु भएको हुन सक्ने आशंकमा नमुना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखियो,'उनले भने,'अब ढुक्क भए हुन्छ । मौसम परिवर्तनको बेला हुने भाइरल इन्फलुजाले बिरामी भएको देखिएको छ ।' कुखुरामा बर्डफलु देखिएको भक्तपुरको अधिकांश स्थानका बासिन्दा बिरामी पर्न थालेपछि जिल्ला जनस्वास्थ्य र महाशाखाको टोलीले पुगेर नमुना संकलन गरेको थियो । भक्तपुर नगरपालिका २ जगातीमा बिमल धिमसुको र्फमको वरीवरीका ७ जना र च्यामासिंह स्थित महेन्द्र बोहजुको र्फम आसपासबाट चार जनाकोको नमुना संकलन गरेको थियो । स्रोतका अनुसार जगातीबाट रश्मी काररञ्जित, सुन्तला थापा, सृजना बस्नेत, विकास थापा, जगतशेर गोसाइ, रोजिसा खायमली र हिना सिल्पकारको नमुना परिक्षण गर्न पठाएको छ । च्यामासिंहको चार जनाको नाम खुल्न सकेको छैन ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.