भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ साउन, तनहुँ । सदरमुकाम दमौली र आसपास क्षेत्रमा सञ्चालित होटलमा युवतीहरु राखेर यौन धन्दा सञ्चालन हुने गरेको बुझिएको छ । स्रोतका अनुसार यस्ता कार्यमा संलग्न अधिकांश युवतीहरु जनजाति र दलित रहने गरेका छन् । उक्त कार्यमा संलग्न गराएवापत होटल मालिकले रु ५०० सम्म र यौन क्रियाकलापमा सहभागीले रु एक हजारदेखि एक हजार ५०० सम्म शुल्क लिने गरेका छन् ।
तनहुँकै एक होटलमा रहेर उक्त कार्यमा संल्ाग्न भएकी नेपाली थरकी एक युवतीले रहर नभई बाध्यताका कारण पनि यस्ता क्रियाकलापमा लाग्नुपरेको बताइन् । एकै दिनमा धेरै व्यक्तिसँग होटल मालिकले जर्बजस्ती पठाउने र पाउनुपर्ने शुल्क दिन पनि आलटाल गरेर दुःख दिने गरेको नाम नबताउने सर्तमा ती युवतीले बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपीमान श्रेष्ठले अवैधानिक रुपमा गरिने कुनैपनि क्रियाकलापलाई प्रहरी प्रशासनले छुटकारा नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “अवैधरुपमा बिक्री वितरण गरिने घरेलु मदिरा, लागुऔषध दुव्र्यसनी, यौन क्रियाकलापलगायतका कार्य गर्ने जो कोहीलाई पनि निरुत्साहित गरिनेछ ।”
हालसम्म उक्त कार्य हुँदै र गरिँदै आइरहेको भए पनि सुध्रन माइकिङमार्फत् जनचेतनाका अभियानहरु सञ्चालन गरिएको र उक्त कार्यपश्चात पनि सुधार नभएमा विशेष अभियान अघि बढाइने उहाँले बताउनुभयो । रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.