भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ साउन, काठमाडौं । टोसिबाको नयाँ एलइडी पावर टिभी ‘पी २३००’ नेपाली बजारमा बिक्री सुरु भएको छ । टोसिबाको नेपालका लागि आधिकारिक बिक्रेता इओएल प्रालिले उक्त एलइडी टिभी बिक्री सुरु गरेको हो । इओएल प्रालि चौधरी ग्रुपको भगिनी कम्पनी हो ।
एशियाली राष्ट्रका ग्राहकहरुलाई लक्षित गरी उत्पादन गरिएको पावर टिभीमा अत्याधुनिक सुविधाहरु रहेको कम्पनीले जनाएको छ । यो टिभी आवाज, तस्बिर र कनेक्टिभिटीका लागि उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ । टिभीको डिजाइनसमेत आकर्षक रहेको छ ।
टिभीलाई कम्प्युटरको स्क्रिन का रुपमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । टिभीमा रहेको अटो बुष्टर विशेषताले कम क्षमताको केबलमा पनि उत्कृष्ट तस्बिर उतार्न सक्ने कम्पनीले जनाएको छ ।
टिभीको जुनसुकै दिशामा रहेर हेर्दा पनि दृश्य बराबर गुणस्तरको देखिने, साउण्ड सिस्टम जीवन्त रहेको र डिजाइन आकर्षक रहेको कारण उपभोक्तामाझ छिट्टै लोकपि्रय हुने अपेक्षा गरेको कम्पनीले जनाएको छ । यसको अधिकतम खुद्रा बिक्री मूल्य ५६ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.