Widgets

Home » » लेबर भिसामा आउनेलाई चालक हुन नपाइने लेबर भिसाका आउने 'ड्राइभर' हरु फर्किए

लेबर भिसामा आउनेलाई चालक हुन नपाइने लेबर भिसाका आउने 'ड्राइभर' हरु फर्किए

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दोहा, श्रावण १८ - कतार सरकारले लेबर भिसामा आएर चालकको काम गर्न पाउने ब्यबस्थालाई हटाएको छ । पेशा अनुसारको भिसामा यहाँ नपठाएका चालकहरुले गाडी चलाउन नपाएपछि स्वदेश फर्कन बाध्य भएका छन् । श्रम सहचारी इन्द्रदेब पाण्डेका अनुसार नयाँ नियम आएपछि लेबर भिसामा आउने चालकहरु मारमा परेका हुन् । कतार सरकारले लेबर भिसामा आएका कामदारलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) नदिने भएपछि उनीहरु र्फकन बाध्य हुनुपरेको हो । 'अब चालकमा आउने भए भिसामा पनि चालक नै हुनुपर्छ', उनले भने, 'त्यो भन्दा अर्को भिसामा आउनेले गाडी चलाउन पाइदैन् ।' कतारमा सवारी चलाउने काममा नेपालीहरु उल्लेख छ । यहाँ सवारी चालक देखि हृयावीसम्म काम गर्नेलाई न्युनतम १४ सय रियाल देखि २२ सय रियालसम्म तोकिएको नेपाली दुताबासले जनाएको छ । स्वदेश र्फकनु पर्ने पहिलो शिकारमा अलसहेली म्यानपावर (८९३) बाट आएका चालकहरु परेका छन् । साउदी अरब, भारत र नेपालमा सवारी साधान चलाएका अनुभबी र सिपाली डाइभरहरुलाई अलसहेलीले लेबर भिसामा पठाएको थियो । मंगलबार राती पाँच जना (बुधराम घर्तीमगर, राजु सिल्वाल, मदन अर्याल, सानुकान्छा भुजेल, अर्जुन बलामी) फर्किएका छन् । उनीहरुलाई कम्पनी आफैले टिकट उपलब्ध गराएको हो । सोही म्यानपावरबाट आएका पुर्णबहादुर बुढा, हिराबहादुर कार्की, ज्ञानबाहदुर केसी, सूर्यबहादुर तामाङ, रामबहादुर लामा, रमेशकानु बानिया अगस्ट ५ तारिख जाने भएका छन् । उनीहरु आफैले टिकट काटेका हुन् । रामबिरप्रसाद आर्चाय, अशोककुमार गिरी, शंकर शिबाकोटीको भने टिकट निश्चित भएको छैन् । गएको फेवु्रअरीमै आएका उनीहरुलाई कम्पनीले डाइभरको लागि स्कुल नपठाई लेबर, हेल्परको काम गर्न लगाएपछि कतार सरकारले नयाँ नियमको मारमा परेका हुन् । पीडितहरुलाई क्षतिपुर्ति दिलाइदिन नेपाली दुताबासले बैदेशिक रोजगार बिभागलाई पत्र लेखेको छ । 'हामी ड्राइभरमा काम गर्न आएका थियौं', ८० हजार तिरेर आएका टिकापुरका बुधराम घर्ती मगरले भने, 'कामबिना बेखर्ची भएर र्फकनु पर्दा दुःख लागेको छ ।' अपरेटरमा आएका सल्यानका पुर्णबहादुर बुढामगरलाई सावेल उठाउन लगाएपछि आफुहरुले काम छाडेर दुताबास हुदै लेबर कोर्टमा मुद्दा मामिला गर्न पुगेका थिए । लेबर कोर्टले स्वदेश फर्काउन आदेश दिएकोले कम्पनी राजी भएको हो । यसैगरी डाइनामिक, सेकुर म्यानपावर रिकुटमेन्ट (८२३), प्रयास म्यानपवारबाट लिबर भिसामा आएका चितवनका सुकबहादुर घले, सिन्धुपाल्चोकका कुमार श्रेष्ठ, मोरङका बीरबहादुर भुजेल, रामेछापका भरत घिसिङले नेपाली दुताबासमा उजुरी हालेका छन् । उनीहरु सबै जना ड्राइभरको काममा आएका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger