Widgets

Home » » 'आकाश गर्जदा टिभी हेर्ने र ल्यान्डलाइनमा कुरा नगरौं'

'आकाश गर्जदा टिभी हेर्ने र ल्यान्डलाइनमा कुरा नगरौं'

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

telephone

काठमाडौं, श्रावण १८ - आकाश गर्जेका बेला तारजडित टेलिफोनमा कुरा गर्ने वा टिभी हेर्ने बानी छ ? यस्तो बानी भए आजैदेखि छुटाउनुस् । एकछिनको मनोरञ्जनले तपाइर्ंको ज्यानै लिन सक्छ । पछिल्ला वर्षमा चट्याङबाट मृत्यु हुनेहरूको संख्या बढ्न थालेपछि सरकार र सरोकारवालाले यसबाट बच्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन् । गृह मन्त्रालयका अनुसार २०६८ मा १ सय ३ र २०६९ मा १ सय ३१ जनाको ज्यान गएको छ । यस्तै यो वर्षको असारसम्म ५१ जनाले चट्याङबाट ज्यान गुमाएका छन् । 'पछिल्लो समय मुलुकमा बढी चट्याङ पर्नेमा बंगालसूग नजिक झापाको पूर्वी भाग, नवलपरासीको नारायणी किनार क्षेत्र, हेटौंडाको उत्तरी क्षेत्र र पोखराको छेउछाउमा बढी चट्याङ पर्ने गरेको पाइएको छ,' चट्याङबारे विद्यावारिधि गरेका अमृत साइन्स क्याम्पसका प्राध्यापक श्रीराम शर्माले भने । सहरको तुलनामा गाउूघरमा चट्याङका घटना बढी हुने गरेकाले जनचेतनाका कार्यक्रम पनि ती क्षेत्रमा बढी खाूचो रहेको उनले बताए । सहरमा अधिकांश घरमा फलाम, तामा, आल्मुनियमजस्ता धातुको प्रयोग बढी हुने हुँदा त्यसले करेन्टलाई तल जान मद्दत पुगी चट्याङ पर्नबाट जोगिने शर्माको भनाइ छ । पछिल्लो समय सहरी क्षेत्रमा नयाू घरहरू बनाउूदा केहीले 'अर्थिङ' लगायत संरक्षण उपाय अवलम्बन गरेको पाइन्छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले गृह मन्त्रालय र गैरसरकारी संस्थासूग मिलेर चट्याङसम्बन्धी जनचेतना कार्यक्रम सुरु गरेको छ । यसैक्रममा विद्यालयय र स्थानीय तहमा वितरण गर्न केही दिनअघि 'चट्याङ : सुरक्षाका उपायहरू' ब्रोसर प्रकाशन गरिएको छ । 'यसबारे स्थानीयस्तरमा जनचेतना जगाउने कार्यक्रम लैजाूदै छौं,' यूएनडीपीअन्तर्गत विस्तृत प्रकोप जोखिम व्यवस्थापन कार्यक्रम (सीडीआरएमपी) का कार्यक्रम प्रबन्धक मानबहादुर थापाले भने । 'जिविससूग समन्वय गरेर बढी प्रभावित जिल्लाबाट जनचेतनाका कार्यक्रम सञ्चालन गर्दैछौं,' चट्याङसम्बन्धी विज्ञका रूपमा काम गरिरहेका शर्माले थपे, 'यसबारे विद्यालयको पाठ्यपुस्तकमा पनि राख्नुपर्ने आवश्यकता छ ।' पहाडको चुचुरो र हिमाललगायतका अग्ला ठाउूमा चट्याङ पर्ने बढी सम्भावना हुन्छ । धातुका तारबारको नजिक नबस्न र खेतबारीको काम तुरुन्त बन्द गरी सुरक्षित स्थानमा जानुपर्छ । विज्ञले विद्युतीय उपकरण र तारजडित टेलिफोनको प्रयोग नगर्न सुझाव दिएका छन् । यस्तै झ्यालढोका खुला नछोड्ने र भित्ता वा झ्यालढोकामा टाँसिएर बस्नु हुँदैन । सीधै धाराबाट नुहाउने, भाडा माझ्ने, हात धुनेजस्ता कार्य बन्द गर्नुपर्नेछ । चट्याङका बेला जंगलमा हुँदा अग्लो र एउटा मात्रै रूख भएको स्थानमुनि ओत लाग्नुपर्ने विज्ञहरूको सुझाव छ । यस्तो बेला माछा मार्ने, पौडी खेल्ने र डुंगा चढ्ने काम गर्न नहुने उनीहरूको भनाइ छ । घर र पूर्ण रूपमा ओत भएका सवारी साधन चट्याङका बेला सुरक्षित स्थान मानिन्छन् । वायुमण्डलका कुनै दुई क्षेत्रबीच अचानक हुने विद्युतीय प्रवाहका कारण चट्याङ उत्पन्न हुने विज्ञहरू बताउँछन् । यसले गर्दा क्षणिक र तीव्र प्रकाशलगायत ठूलो गर्जन उत्पन्न हुन्छ । बादलभित्रका साना बरफ र चिसो पानीको घर्षणबाट विद्युतीय चार्ज उत्पन्न भई त्यसको असन्तुलनबाट चट्याङ उत्पन्न हुने गरेको हो । जलवायु परिवर्तनले गर्दा पछिल्लो समय चट्याङको घटना बढेको थापाले बताए । 'बादल लागिरहेका बेला गर्मी महसुस भएमा, बादल गाढा खैरो वा कालो नीलो देखिूदा बढी चट्याङ पर्ने सम्भावना हुन्छ,' शर्माले भने । अपि|mकी सहारा मरुभूमि, मध्य अमेरिका र दक्षिण पूर्वी एसिया चट्याङका मुख्य तीन चिम्नीका रूपमा चिनिन्छन् । विश्वमा बर्सेनि करिब २ हजार जनाले चट्याङका कारण ज्यान गुमाउने गरेको तथ्यांक छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger