भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ भदौ, काठमाण्डौं । सरकारले निजामती कर्मचारीलाई तालिम दिँदै आएका विभिन्न १० वटा तालिम प्रदायक सरकारी निकायमा कम्प्युटर ल्याब बनाईदिन सात करोड खर्चने भएको छ । ती निकायलाई सुविधासम्पन्न बनाउने उद्देश्यले सरकारले सात करोड खर्च गर्न लागेको हो ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार स्टाफ कलेज, कर्मचारी प्रशिक्षण प्रतिष्ठान, राजस्व प्रशासनिक तालिम केन्द्र, न्याय सेवा तालिम केन्द्र, राष्ट्रिय सूचना प्रविधि केन्द्र र शैक्षिक पाठ्यक्रम विकास केन्द्र गरी १० निकाय छनोटमा परेका छन् ।
सरकारले एसियाली विकास बैंकबाट सहयोग स्वरुप प्राप्त भएको सात करोड रुपैयाँ खर्चने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दिइएको सो रकम सामान्य प्रशासन मन्त्रालयमार्फत सूचना प्रविधिको विकासमा खर्च गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
सो रकम तीन सयभन्दा बढी कम्प्युटर, सर्भर, एयर कन्डिसन, फोटोकपी मेसिन तथा जेनेरेटर सहितको अत्याधुनिक कम्प्युटर ल्याब बनाउन खर्च गरिने नयाँ पत्रिकामा खबर छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.