Widgets

Home » , » क्रिकेटमा भएको सट्टाबाजीबाट अर्बौ बाहिरियो

क्रिकेटमा भएको सट्टाबाजीबाट अर्बौ बाहिरियो

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ भदौ, काठमाण्डौं । लोकप्रिय खेल क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता हारजितको अड्कल गर्दै थापिने बाजीमा अबौं रुपैयाँको कारोबार हुने गरेको छ । खेल नतिजा पूर्वानुमान गरेर नगदमा बाजी थाप्ने यो धन्धा एक प्रकारको जुवा हो ।
cricektनेपालका विभिन्न सहरमा सट्टाबाजीका पेसेवर गिरोहको संलग्नता बढ्दै गएको छ । हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपीएल) मा नेपालबाट ४६ करोड रुपैयाँ हुन्डी मार्फत बाहिरिएको तथ्य फेला परेको हो । काठमाण्डौं, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, पोखरामा सक्रिय १५ जनाभन्दा बढी बुकी (जुवा खेलाउने व्यक्ति) मार्फत पाँच वर्षयता २३ अर्व रुपैयाँ कारोबार भएको स्रोतले बताउको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
राजधानीलगायतका मुख्य सहरमा सट्टाबाजीमा ठूलो कारोबार हुने गरे पनि दलालमार्फत मोटो रकम हातपारेका कारण प्रहरी प्रशासन चुप लाग्ने गरेको स्रोतको दाबी छ ।
प्रहरीका मुख्य अनुसन्धान एकाई विशेष व्युरो, अपराध अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान व्युरोका अधिकारीले यसबारे सामान्य जानकारी मात्रै भएको बताएका छन् । नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक नवराज सिलवालले यसबारे छानविन गरी कारबाही गर्नसक्ने व्यवस्था रहेको बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger