भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
खोटाङ, श्रावण २२ - बहुविवाह गर्ने जोडी पक्राउ परेका छन् । जेठी हुँदाहुदै कान्छी श्रीमती ल्याएको आरोपमा खार्मी–५ का ४४ वर्षीय धनकेशर राई र २० वर्षीया प्रमिला राई पक्राउ परेका हुन् । धनकेशरका जेठी श्रीमती झुमा राईले दिएको उजुको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रह कार्यालय खोटाङका प्रह निक्षक दुर्गा रेग्मीले जनाए । उदयपुरको बेल्टार बस्दै आएका उनीहरुलाई सदरमुकाम दिक्तेल आएको मौकामा पक्राउ गरिएको निक्षक रेग्मीको भनाइ छ । आफूहरुले ती जोडीलाई नियन्त्रणमा लिए पनि थप कारबाहीको लागि झुमाले प्रक्रिया अगाडि नबढाएकाले प्रहलाई अप्ठ्यारो परेको निक्षक रेग्मीले जानका दिए । रेग्मीले भने कारबाहीको लागि थप प्रक्रिया अगाडि नबढाइए आफन्तको रोहबरमा छाडिनेछ ।’ २१ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका झुमा र धनकेशरको लामो समयसम्ममा पनि सन्तान नभएपछि परिवारकै सल्लाहमा धनकेशरले प्रमिलासग दोश्रो विवाह गरेको पारिवारिक श्रोतले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.