Widgets

Home » » काठमाडौँको शरणमा पाकिस्तानी पनि

काठमाडौँको शरणमा पाकिस्तानी पनि

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

pakistani

काठमाडौ, श्रावण २२ - खचाखच यात्रुका साथ पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) कराँचीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा ज्यादै खुसी हुनुपर्ने कारण छैन। किनभने, त्यसमा पर्यटक मात्र हुँदैनन् । सातापिच्छे एक-दुई उडानको फरकमा त्यसमार्फत शरणार्थी पनि उत्रिरहेका हुन्छन् । कहिले तिब्बती त कहिले भुटानी शरणार्थी हेडलाइन बन्ने नेपालमा अहिले पाकिस्तानी शरणार्थी बढिरहेको देखाउन महाराजगन्जस्थित संयुक्त राष्ट्र संघीय शरणार्थी नियोग (यूएनएचसीआर) परसिरको चहलपहल नै काफी छ। त्यहाँ कोही शरणार्थी परचियपत्र बनाउन त कोही सुरक्षित शरणका लागि आवेदन गररिहेका भेटिन्छन्। नेपालमा अहिले पाकिस्तानी शरणार्थीको संख्या ३ सय ५० नाघिसकेको छ। ती सबै अहमदिया मुस्लिम हुन्, जसलाई पाकिस्तानभित्र गैरमुस्लिम घोषणा गरिएको छ। त्यही घोषणासँगै मुस्लिमबीच नै सम्बन्ध बिग्रेपछि इस्लामावाद र लाहोरभन्दा परको सहर कहिल्यै नटेकेका नविद अहमद, ३५, बिरानो सहर काठमाडौँमा भौँताररिहेका छन्। इस्लामावादनजिकैको गाउँ साल्कोटमा एक्लो अहमदिया परिवार अन्य मुस्लिमको तारो बनिहाले। गाउँनजिकै खुलेको 'मदरसा नैमिया'मा जेहादीहरूलाई प्रशिक्षण दिन तयार पारिएको शंका गरे। पाकिस्तानमा मदरसाहरू कति शक्तिशाली छन् भने त्यसमा प्रहरीले समेत खानतलासी गर्न पाउँदैनन्। त्यो मदरसा पाकिस्तानी तालिवानको एउटा समूह 'लस्करे झानवी'ले खोल्न लगाएको सुइँको उनीहरूले पाए। त्यसको गाइँगुइँ चल्दै गर्दा एक दिन मदरसाका मौलाना -प्रमुख)ले गाउँलेको बैठक डाके र आफूलाई सुरक्षा खतरा भएको बताए। नविद सम्झन्छन्, "तर, त्यसलाई पुष्टि गर्ने उनीसँग कुनै तर्क थिएन। उनले त हामीलाई फसाउन त्यस्तो नाटक रचेका रहेछन्।" गाउँ मौलानाको पक्ष र विपक्षमा बाँडियो। एकले अर्कालाई मदरसा छिर्न नदिने भन्दै त्यहाँ तालाबन्दी गरे। नजिकैको अर्को गाउँमा एक अहमदिया दुई छोरासहित मारिए। नविदको परिवारलाई समेत एकपछि अर्को सास्ती दिइयो। रोपाइँका लागि तयार पारिएको ब्याडमा गाईभैँसी छाडिए। खेतमा जाँदा उनलाई गोली हानियो। धन्न गोली घुँडामा लाग्यो र उनी बाँचे। नविद सम्झन्छन्, "गल्ती उनीहरूकै भए पनि अस्पतालमा छँदै मविरुद्ध मुद्दा दायर भयो र झन्डै डेढ महिना जेल बस्नुपर्‍यो।"

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger