भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१ भदौ, काठमाडौं । सिंगापुरमा शनिवारबाट सुरू भएको एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा अफगानिस्तानले नेपालसामू १ सय ७० रनको चुनौती प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्ताले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन जोडेको हो । नेपालका बसन्त रेग्मीले ३१ रन दिएर ५ विकेट लिए । यस्तै सागर पुन, अभिनाश कर्ण र चन्द्र साउदले समान १-१ विकेट लिए ।
अफगानिस्ताका लागि आश्गरले सर्वाधिक ३३ रन जोडे । यस्तै न्यारोज मन्गलले ३१, गुल्बादीन नाबीले ३०, महोमद शाहजादले २२, महोमद नाबी १७, द्वालत जाद्रानले ११ तथा करिमले ७ रन जोडे । यसैगरी हामिद हासन, मोहिबुल्लाह र सामिउल्लाह सेनवारीले समान ३-३ रन जोड्दै पविलियन फर्किए भने हाम्जा होटकले २ रन जोडे ।
नेपाल अफगानिस्तानविरुद्धको हारको श्रृंखला रोकेर सुखद सुरुवात गर्ने प्रयासमा हुनेछ । श्रीलंकामा २ साताको अभ्यासपछि नेपाली टोली सिंगापुर पुगेको हो । सिनियर क्रिकेटमा नेपालले ७ वर्षपछि क्रिकेट खेल्न थालेको अफगानिस्तानलाई सन् २००४ पछि हराउन सकेको छैन । एसीसी ट्रफीको प्लेट फाइनलमा नेपालले अफगानिस्तानविरुद्ध ४७ रनको जित निकालेको थियो ।
२००६ को एसीसी ट्रफीदेखि गत वर्ष काठमाडौंमा भएको एसीसी ट्वान्टी २० कपको फाइनलसम्म नेपालले एकतर्फी हार व्यहोर्दै आएको छ । पछिल्लो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो । नेपाल रहेको समूह एमा एक दिवसीय मान्यता प्राप्त अफगानिस्तानसँगै टेष्ट राष्ट्र भारत र पाकिस्तानको २३ वर्षमुनीको टोली छ । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा नेपालले २७ ओभरमा ३ विकेट गुमाउदै ८४ रन बनाएको छ तर खेल वर्षाका कारण रोकिएको छ । नेपालका लागि सुभाव खकुरेल २३, ज्ञानेन्द्र मल्ल २४ र अनिल मण्डल ३ रन बनाएर पबिलिएन फर्किए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.