भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बोलिभियामा १२३ वर्ष उमेरका एक वृद्ध फेला परेका छन् । यदि उनको उमेर प्रमाणित भएमा उनी विश्वकै सबैभन्दा बढि उमेरको व्यक्तिको रुपमा गिनिज बुकमा अटाउनेछन् ।
कारमेलोको जन्मकुण्डलीमा समेत जन्मसाल सन् १८९० को जुलाई १६ तारेख लेखिएको छ । तर सन् १९४० अघि सम्म त्यहाँ सरकारी जन्मदर्ताको चलन नभएकाले सरकारी अड्डामा उनको जन्मको रेकर्ड हुने कुरा भएन । त्यहीँ कुण्डलीको आधारमा बोलिभियाको जनदर्ता अड्डाले उनको जन्ममिति १८९० जुलाई १६ भएको प्रमाणित गरेको छ ।
विश्वमा अहिले सबैभन्दा बढी उमेरको जिवित व्यक्तिको रुपमा जापानी महिला मिसाओ ओकावा छिन् । उनी ११५ वर्षकी छिन् । त्यस्तै इतिहासमै सबैभन्दा बढि बाँच्ने व्यक्ति फ्रान्सका जेन कालमेट हुन् । उनको १२२ वर्ष १६४ दिनमा सन् १९९७ मा निधन भएको थियो । तर यदि कारमेलोको उमेर गिनिज बुकले प्रमाणित गरेमा उनी संसारको अहिलेको सबैभन्दा वृद्ध व्यक्तिको रुपमा मात्र होइन मानव इतिहासमै सबैभन्दा धेरै उमेर बाँच्ने व्यक्तिको रुपमा समेत नाम लेखाउन सफल हुनेछन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.