Widgets

Home » , » स्वस्थ कपालका लागि १० परिकार

स्वस्थ कपालका लागि १० परिकार

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कपाल सुन्दर राख्ने चाहना सबैको हुन्छ । अझ महिलाहरुमा कपालको सुन्दरताले निकै ठूलो अर्थ राख्छ । तर कपाल सुख्खा, खैरो, चायाँयुक्त तथा कमजोर हुने र झर्ने समस्या धेरैको हुन्छ । सधै सैलनुमा गएर धेरै खर्च गरेर कपाललाई सुन्दर राख्ने औकात सबैको नहुनसक्छ । हुनत कपालको सुन्दरताका लागि सरसफाइ जत्ति महत्वपूर्ण हुन्छ त्यसभन्दा बढि महत्वपूर्ण भूमिका व्यक्तिे गर्ने भोजनले खेलेको हुन्छ ।
kapal

सन्तुलित भोजनको अभाव, भिटामिन बी को कमी, अत्यधिक तनाव तथा चिन्ता, विभिन्न खाले रोग जस्तै टाइफाइड, रक्तअल्पता तथा विभिन्न खाले वंशाणुगत रोगका कारण पनि कपाल र्झन सक्छ । त्यसैले कपाल किन कुरुप बनिरहेको छ र झर्ने गरेको छ ? भन्ने कुराको कारण पहिले पत्ता लगाउनुस् । जे मा कमजोरी पाउनुभएको छ, सोही पक्षलाई सुधार गर्नुहोस् । कपाललाई सुन्दर बनाउनका लागि देहाएका खानेकुराको नियमित सेवन निकै महत्वपूर्ण हुन्छ ः
बिहान खाली पेटमा एक गिलास पानी सँगै आलस चपाएर खानुहोस् । यसले सरीरमा ओमेगा थ्री फ्याट्टी एसिडको सरीरमा आपूर्ति गर्छ जसले कपालको वृद्धि तथा सुन्दरतामा सहयोग पूराउँछ ।
दिनहुँ कम्तीमा एउटा अमला चपाएर खानुहोस् ।
हरेक बेलुकी कम्तीमा ५ वटा बदाम पानीसँग खानुहोस् ।
प्रसस्त पानी पिउनुहोस् । दिनमा कम्तीमा १० गिलास पानी पिउनुपर्छ । नरिवलको पानी पिउनाले पनि कपालको स्वास्थ्यमा लाभ मिल्छ ।
टुसा उमि्रएका गेडागुडी खाने गर्नुहोस् ।
सरीरमा प्रोटिनको कमी हुन नदिन मासु खानेहरुले माछा, मासु तथा अण्डाको नियमित सेवन गर्नु राम्रो हुन्छ ।
बढि चिया तथा कफी नपिउनुहोस् ।
दुध, दही तथा मही प्रसस्त पिउने गर्नुहोस् ।
बेलुकी पानीमा मेथी भिजाउनुहोस् । अर्को विहान मेथी छानेर बाँकी रहेको पानी पिउने गर्नुहोस् ।
हरियो सागपात तथा फलफूलको नियमित सेवनले कपालसँगै सम्पूर्ण स्वास्थ्यलाई राम्रो राख्छ ।
रेड मिट अर्थात् बोसोयुक्त रातो मासुको सेवन नगर्नुहोस् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger