Widgets

Home » , » जबर्जस्ती चन्दा उठाउनेलाई कारबाही गर्छौं : बाबुराम प्रकाशमानको चुनाव क्षेत्रमा एमाओवादीको गतिविधि

जबर्जस्ती चन्दा उठाउनेलाई कारबाही गर्छौं : बाबुराम प्रकाशमानको चुनाव क्षेत्रमा एमाओवादीको गतिविधि

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१ भदौ, काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईले पार्टी कार्याकर्ताले कसैसँग जोर जबर्जस्ती चन्दा उठाए या आर्थिक अनियमितता गरेको पाइएमा कारवाही गर्ने बताउनुभएको छ । काठमाडौं क्षेत्र नं १ अन्तरगत बानेश्वरको एक पार्टी प्यालेसमा आयोजित घोषणापत्र सुझाव संकलन कार्यक्रममा कार्यक्रममा बोल्दै भट्टराईले पार्टीभित्रको अनियमितता छानविनका लागि आयोगसमेत बनेको र त्यसको प्रतिवेदनमाथि आगामी बैठकमा छलफल गरिने बताउनुभयो ।Baburam-bhattarai
‘राजनीतिक दलहरु जनताको सहयोगबाटै चल्ने हो । तर, कसैसँग बल प्रयोग गर्ने र जबर्जस्ती चन्दा उठाउने हाम्रो नीति छैन ।’ भट्टराईले भन्नुभयो, ‘कसैले त्यसो गरे हामी कारवाही गर्छौं ।’
मंसिर ४ मै चुनाव हुने दाबी
माओवादी नेता भट्टराईले आउँदो मंसिर ४ को चुनाव कुनै पनि हातलमा नसर्ने भन्दै मंसिर ४ मै चुनाव हुनेमा ढुक्क रहन आग्रहसमेत गर्नुभयो । वैद्यपक्ष सकभर सहमतिमा आउने तर आए पनि, नआए पनि चुनाव नसर्ने उहाँको दाबी थियो ।
तीनवटा गल्ती स्वीकार
नेता भट्टराईले आफूहरु शािन्त प्रक्रियामा आएपछि पार्टीले केही कमजोरी गरेको भन्दै आत्मालोचनासमेत गर्नुभयो । शान्ति प्रक्रियामा आएपछि एमाओवादीले सुझबुझका साथ काम गर्न नसकेको, संविधानसभा विघटन हुने बेलासम्म सहमति, सहमति मात्रै भनेर बहुमतीय प्रक्रियामा जान ढिलाइ गरेको र सरकार सञ्चालनका क्रममा गलत काम नगरे पनि जनताको अपेक्षा पूरा गर्न नसकेको उहाँको तर्क थियो । ‘आगामी चुनावमा विगतका लग्ती दोहोर्‍याउँदैनौं ।’ उहाँले भन्नुभयो ।
आगामी संविधानसभाको चुनावी घोषणापत्रमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, को-अपरेटिभ संघीयता र आर्थिक विकासको मुद्दालाई प्रमुख एजेन्डा बनाइने उहाँले बताउनुभयो । ‘बरफ भनिसकेपछि चिसो भनिराख्नुपर्दैन, संघीयता भनिसकेपछि पहिचान सहितको कि पचिानविनाको भनिराख्नुपर्दैन ।’ उहाँले भन्नुभयो, नेपालको संघीयता रुस या चीनको जस्तो नभई नेपालकै मौलिकता अनुसारको हुन्छ ।’  आफ्नो सरकारको पालामा काठमाडौंका सुकुम्बासीलाई व्यवस्थापन गर्न खोज्दा माओवादी नेता पम्फा भुसाल र एमालेका रघु पन्तले विरोध गरेको भट्टराईले बतानुभयो । ‘अब हाम्रो सरकार बनेपछि सुकुम्बासीहरुको स्थायी व्यवस्थापन गर्छौं ।’ उहाँले भन्नुभयो ।
एमाओवादीको कमजोर पकड मानिने काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बानेश्वरका स्थानीय प्रौढहरुको बाक्लो उपस्थिति देखिएको थियो । काठमाडौं क्षेत्र नं १ अघिल्लो पकट कांग्रेस नेता प्रकाशमानसिंहले जितेको क्षेत्र हो । यसपालिको निर्वाचनमा पनि यो क्षेत्रमा आफूले जित्नेमा स्वयं एमाओवादी नेताहरु विश्वस्त छैन । तर, यसपालिको चुनावलाई आफ्नो पक्षमा पार्न एमाओवादीको क्षेत्रीय कमिटीले ‘घोषणापत्रका लागि सुझाव संकलन कार्यक्रम’ आयोजना गरी बाबुरामलाई प्रमुख अतिथिका रुपमा निम्त्याएको हो । डा. भट्टराई आजै काभ्रेमा आयोजित सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ । काभ्रेमा एक महिने चुनावी अभियानको नेतृत्व हिसिला यमीले गरिरहनुभएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger