भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण १८ - लंकाको सुन...' अर्थात् नेपालको लोकप्रिय जनआहान । र, त्यही सुनको खोजीमा श्रीलंका पुग्ने नेपाली उद्योगी हुन्, विनोद चौधरी। संसारका विभिन्न १९ देशमा लगानी विस्तार गरसिकेका र विश्वका अर्बपतिहरूको सूचीमा दरिएका चौधरी १७ वर्षअघि नै यहाँ आइपुगेका हुन्। केहीअघि मात्र उनी अध्यक्ष रहेको सिंगापुरस्थित कम्पनी सिनोभेसन-सीजीले जाफ्ना प्रायद्वीपमा ७ करोड ५० लाख अमेरिकी डलरको लगानीमा सिमेन्ट उद्योग सञ्चालनको प्रस्ताव यहाँको सरकारसमक्ष गरेको थियो। त्यसका लागि चौधरी स्वयं माइला छोरा राहुलका साथ कोलम्बो पुगेका थिए। स्थानीय सञ्चार माध्यमहरूका अनुसार वाषिर्क ६ लाख टन सिमेन्ट उत्पादन क्षमताको उक्त उद्योग सञ्चालनका लागि श्रीलंकाको लगानी बोर्डलगायत सरोकारवाला निकायबाट कम्पनीले प्रारम्भिक स्वीकृति पाइसकेको छ। अहिलेसम्म सिनोभेसन सीजीले होटल र रसिोर्टमा गरी यहाँ करबि २० करोड अमेरिकी डलर लगानी गरसिकेको छ। सिनोभेसन र भारतको ताज समूहको साझेदारी रहेको ताज एसियाले कोलम्बोको ताज समुद्र र ताज एयरपोर्ट गार्डेन होटल सञ्चालन गररिहेको छ। एक रातको दुई सयदेखि ७ सय ५० डलरसम्म पर्ने तीन सय कोठा भएको कोलम्बोको गल्फ फेसमा अवस्थित पाँचतारे ताज समुद्र श्रीलंकामै नामूद मानिन्छ। आफ्नो लगानीको वस्तुस्थिति बुझ्न चौधरी दुई-तीन महिनाको अन्तरालमा कोलम्बो आइरहने ताज समुद्रका एक कर्मचारी बताउँछन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.