भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चितवन, श्रावण १८ - ब्यापारीसँग जबरजस्ती चन्दा असुल्दै गर्दा पक्राउ परेका चार जना वाईसीएल कार्यकर्ता शुक्रवार रिहा भएका छन् ।
जिल्ला अदालतले जनही ५/५ सय रुपैयाँ धरौटी लिई उनीहरुलाई तारेखमा छाडिएको अदालतका श्रेस्तेदार दिनबन्धु बरालले जानकारी दिए । भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली र विशाल मरहठ्ठा रिहा भएका हुन् । चारै जनालाई प्रहरीले चन्दा अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो । त्यस्तै प्रहरीले बिहीबार साँझ २ जना कार्यकर्तालाई रिहा गरेको थियो ।
प्रहरीले २ जनालाई सार्वजनिक र ४ जनालाई चन्दा ऐन अनुसार मुद्धा दर्ता गरी अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.