भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भक्तपुर, श्रावण १८ - प्रहरीले अवैध रुपमा बिक्री गर्न लैजाने क्रममा भक्तपुरको जगातीबाट अण्डा र कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ । महानगरीय प्रहरी प्रभागको चेकपोष्टमा काठमाडौंबाट काभ्रेको पाँचखाल लैजाँदै गरेको २ सय कुखुरा नष्ट गरेको हो । त्यस्तै भक्तपुर चित्तपोलस्थित शिखर पोल्ट्रीफर्मबाट काठमाडौं ल्याउदै गरिएको १८ हजार ४ सय ८० अण्डा नियन्त्रणमा लिएपनि पशु कार्यालयका अधिकारीले नष्ट गरेको छैन । बर्डफ्लुको संक्रमण फैलिएपछि सरकारले बिहीबारदेखि लागु हुने गरी उपत्यकामा एक सातासम्म कुखुरा ओसार पसारमा रोक लगाएको छ । पशु सेवा ऐन २०५५ को दफा १५ अनुसार कुखुरा ओसार पसारमा रोक लगाएपनि अण्डाको बारेमा केही उल्लेख छैन । अण्डा ओसारपसारमा भने पशु चिकित्सकबाट प्रमाणित गराउनु पर्ने हुन्छ । नियम विपरीत ओसार पसार गर्दा पनि पशु कार्यालयले नियन्त्रणमा लिएको अण्डा नष्ट गरेन । उपत्यकामा बर्डफलु नियन्त्रण गर्न कुखुराको बिक्रीमा रोक लगाएको हो । भक्तपुरको अधिकांश फर्मको कुखुरामा बर्डफलुको भाइरस देखिएको छ । 'कुखुरा र कुखुराजन्य पदार्थ ओसार पसारमा रोक लगाउन भन्ने आदेश अनुसार अण्डा नियन्त्रणमा लिएका थियौं,' प्रहरी प्रभाग जगातीका प्रहरी निरीक्षक मदनकुमार थापाले भने,' चल्ला नष्ट गरेपनि अण्डा केही गरेन ।' ऐनअनुसार अण्डा नष्ट गर्नुको सट्टा व्यवसायीको दबाबपछि बर्डफलु भए नभएको भन्दै परीक्षण गर्न प्रयोगशाला पठाएको छ । अण्डा नष्ट नगर्दा पशु कार्यालयले सर्वसाधरणको स्वास्थ्यमा चासो नदिएको पुष्टि हुन्छ । ऐनमा संक्रामक रोग लागेको कुरा पत्ता लागेमा सम्बन्धित पशु सेवा कार्यालय प्रमुख वा क्वारेन्टाइन अधिकृतले एक ठाउँबाट अर्को ठाउामा ओसार पसार गर्न प्रतिबन्ध लगाउन सक्छन् । सम्बधित कार्यालयले ऐन कार्यान्वयन नगरेपछि विभाग र मन्त्रालयले हस्तक्षेप गरेर पालना गर्न बुधबार निर्देशन दिएको हो । तर, भक्तपुर पशु कार्यालयले अण्डा ओसार पासारमा रोक लगाउन चासो दिएको छैन ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.