Widgets

Home » , » डलरको मूल्य १०२ रुपैयाँ नाघ्यो जनवरीयता १६ प्रतिशतको वृद्धि

डलरको मूल्य १०२ रुपैयाँ नाघ्यो जनवरीयता १६ प्रतिशतको वृद्धि

Written By sangalo on Monday, August 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
४ भदौ, काठमाडौं । अनपेक्षित रुपमा डलरको भाउ बढ्दै गएर आज मंगलबार विहान १०२ रुपैयाँ नाघेको छ । भारतमा डलरको मागमा भएको वृद्धिले सरकारी प्रयासको बाबजुद डलरको मूल्य बढेको हो ।
भारतमा हिजोको तुलनामा आज डलरको मूल्य ६२ पैसा बढेर एक डलरबराबर ६३.७५ भारु भएको छ । यसको नेपाली रुपान्तरण १०२ रुपैयाँ हुन्छ । हिजो ६३.१३ भारुसम्म पुगेको डलर आज विहान बजार खुल्नसाथ उच्च दरमा बढेको हो । डलरको मूल्य जनवरीदेखि आजसम्म भारत र नेपालमा १६ प्रतिशतले बढेको छ ।
आज नेपालमा किष्ट बैंकले डलरको बिक्री मूल्य १०२.६० रुपैयाँ र खरिद दर १०२ रुपैयाँ तोकेको छ । त्यस्तै नबिल बैंकले बिक्री मूल्य १०२.५५ रुपैयाँ र खरिद दर १०१.४४ रुपैयाँ तोकेका छन् । एभरेष्ट बैंकले पनि बिक्री मूल्य १०२.५५ रुपैयाँ र खरिद दर १०१.९५ रुपैयाँ तोकेको छ । बाँकी वाणिज्य बैंकले यसकै हाराहारीमा कारोबार गरिरहेका छन् ।
RUPEE_1554585e
अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएको हुनाले अन्य मुद्रासँग डलर अधिमूल्यन भइरहेको छ । भारतको अर्थतन्त्र प्रक्षेपण गरेभन्दा कमजोर हुने संशोधित प्रक्षेपण भइरहेको छ । भारतमा आयात बढिरहेको कारण चालू खातामा चाप परिरहेको छ भने विदेशी लगानीकर्ताले लगानी फिर्ता गर्ने क्रमले पुँजी बजार सूचकहरुमा पनि गिरावट आएको छ । त्यसले गर्दा डलरको मूल्य अन्य मुद्राको तुलनामा भारुसँग अझ बढी अधिमूल्यन भइरहेको छ ।
यद्यपि विदेशी मुद्राको संचिति पर्याप्त रहेको कारण भारत सरकारले कडा उपायहरु अवलम्बन गरेको छैन । विलासी सामानको आयातमा नियन्त्रण गर्नुपर्ने सल्लाह विज्ञहरुले दिएका छन् । भारतले पूर्ण खुला बजार अर्थनीति मानेको हुनाले प्रत्यक्ष नियन्त्रण गर्न पनि मिल्दैन । सरकारले बजारको तरलता खिच्न बण्डको ब्याजदर बढाएर ९ प्रतिशत पुर्‍याएको छ ।
नेपालले २०५९ सालदेखि भारुसँग विनिमय दर स्थिर (१०० भारु बराबर १६० नेपाली) कायम गर्ने निर्णय गरेको कारण भारतमा डलरको मूल्य बढ्दा नेपालमा पनि स्वतः बढ्ने गरेको छ । नेपालको व्यापारमा निर्यात आयातको अनुपात १२ प्रतिशत रहेको र ६० प्रतिशत व्यापार भारतमा सीमित रहेको कारण स्थिर विनिमय दर कायम गरिएको हो ।
नेपालले निर्यातको तुलनामा ८ गुणा बढी आयात गर्ने भएको हुनाले डलरको मूल्य वृद्धिले समग्र वस्तुको मूल्य वृद्धि हुनेछ । डलरको मूल्य वृद्धि हुँदा नेपाली निर्यात सस्तो भई विदेशमा बिक्री बढ्ने सम्भावना रहे पनि निर्यातको अंश सानो भएको हुनाले खासै प्रभाव पर्दैन ।
डलर बोकेर आउने पर्यटकलाई नेपाल घुम्न पहिलेभन्दा सस्तो भएको छ । तर, नेपालमा आएर उनीहरुले किन्ने कतिपय सामानको मूल्य बढेको कारण उनीहरुको भ्रमण महँगो पनि हुने सम्भावना रहन्छ ।
अर्कोतर्फ पर्यटकले नेपालमा गर्ने खर्चको आधार रकम सानो अर्थात वाषिर्क ४० अर्ब रुपैयाँको हाराहारी रहेको छ । पर्यटकको संख्या उल्लेख्य बढे पनि नेपाल नेपाल भित्रने डलरको वृद्धिमा न्यून मात्र सकारात्मक प्रभाव पर्दछ । जबकि नेपालले ५ खर्ब रुपैयाँभन्दा बढीको सामान आयात गर्ने गरेको छ ।
भारुसँगकोको सटही दर यथावत रहेको कारण भारतीय मुद्रामा खरिद गरिने सामान पुरानै मूल्यमा पाइने सम्भावना हुँदैन । भारतमा उत्पादन हुने सामानमा त्यहाँ डलरको मूल्यमा भएको वृद्धिले लागत बढाएको हुन्छ । धेरै कच्चा सामान भारतले पनि तेस्रो मुलुकबाट आयात गर्ने गर्दछ ।
नेपालमा विदेशी मुद्राको मुख्य स्रोत रेमिटान्स हो । वाषिर्क ४ खर्बभन्दा बढीको रेमिटान्स भित्रने गरेको छ । नेपाली मुद्रासँग विदेशी मुद्राको विनिमयदर बढेको बेला विदेशमा रहेका नेपालीले बचत गरेको रकम नेपाल पठाउने सम्भावना बढी हुन्छ । रेमिटान्सको रकम अन्ततः उपभोग्य सामानमै खर्च हुने हुँदा त्यसले पनि मूल्य वृद्धिलाई नै योगदान पुर्‍याउने छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger