भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
४ भदौ, काठमाडौं । सिंगापुरमा जारी इमर्जिङ टिम्स कप क्रिकेटमा भारतको २३ वर्षमुनीको टोलीले नेपालसामू २ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ थाल्दैछ ।
टस हारेर पहिले व्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ६८ रन बनायो । इण्डियन प्रिमियर लिग आईपीएल खेलेका खेलाडीहरुको बाहुल्य रहेको भारतीय टोलीका सामू नेपाली बलरहरु निरिह देखिएका थिए ।
भारतका लागि लोकेश राहुलले सर्वाधिक ८८ रन बनाए । उनले उन्मुक्त चन्दसँग पहिलो विकेटका लागि १ सय १८ रनको ओपनिङ साझेदारी गरेका थिए । चन्द पहिलो विकेटका रुपमा व्यक्तिगत ६१ रनमा आउट भए । सूर्यकुमार यादवले ६५ रन बनाए भने अंकित वार्नेले २५ रन जोडे । नेपालका लागि बसन्त रेग्मीले १० ओभरमा ९० रन दिएर ३ विकेट लिए भने अभिनाश कर्ण र शक्ति गौचनले समान १–१ विकेट लिए ।
पहिलो खेलमा अफगानिस्तानसँग हार व्यहोरेको नेपाललाई अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न जित्ने पर्ने दबाव छ । सिनियर क्रिकेटमा टेष्ट खेलिसकेको भारतसँग नेपालको यो पहिलो औपचारिक प्रतियोगिता हो । समूह ए मा रहेको भारतको १ खेलबाट २ अंक छ भने २–२ खेल खेलेको पाकिस्तान र अफगानिस्तानको पनि समान २ अंक छ । नेपालले भने खाता खोल्न सकेको छैन ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.