Widgets

Home » , » फोरम र मधेस समाजवादी चुनावी अभियानमा

फोरम र मधेस समाजवादी चुनावी अभियानमा

Written By sangalo on Monday, August 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Upendra Sarat


काठमाडौं, भाद्र ४ - अधिकांश माग पूरा भएपछि 'संघीय लोकतान्त्रिक मोर्चा' आबद्ध मधेसी जनअधिकार फोरम र राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) चुनावमा केन्द्रित भएका छन् । उच्चस्तरीय राजनीतिक समिति र फोरम, रामसपालगायत आबद्ध 'संघीय लोकतान्त्रिक मोर्चा'बीच गत बिहीबार ६ बुँदे सहमति भएलगत्तै फोरम अध्यक्ष उपेन्द्र यादवलगायतका नेता चुनावी अभियानमा सक्रिय भएका हुन् । रामसपा अध्यक्ष शरतसिंह भण्डारीसमेत अभियान लिएर मधेस दौडाहामा छन् । 'अब हामी चुनाव केन्दि्रत भयौं' फोरम वरिष्ठ नेता भरतविमल यादवले सोमबार कान्तिपुरसित भने, 'अहिले कार्यकर्तालाई प्रशिक्षण दिने अभियान चलाएका छौं त्यो सकिएपछि उम्मेदवार चयन, घोषणापत्र तयारलगायतका काम गर्छौ ।' फोरमले आइतबारदेखि धनुषामा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइरहेको छ । ५ दिनसम्म चल्ने प्रशिक्षणमा अध्यक्ष यादवसहितका पदाधिकारी सहभागी छन् । यसअघि फोरमले शनिबार लुम्बिनीमा चुनावी अभियान गरेको थियो । यादवले अभियानलाई तीव्र पार्ने योजनाअनुसार विभिन्न जिल्लामा कार्यक्रम तयार भएको बताए । फोरम र रामसपा आबद्ध मोर्चाले मुख्यरूपमा जोड दिएको 'संविधानसभामा समानुपातिक सिट ३३५ (५८ प्रतिशत) बनाउनुपर्ने' '२५ बुँदे बाधा अड्काउ फुकाउ संशोधन हुनुपर्ने' र 'चार दलको सिन्डीकेट हटाउनुपर्ने' लगायतका मुद्दामा सहमति भएको थियो । मोर्चाले उठाएकामध्ये समानुपातिक संख्या ३३५ बनाउनुपर्ने बुँदा जस्ताको तस्तै सहमति भएको थियो भने चार दलको सिन्डीकेट खारेज गर्नुपर्ने मोर्चाको मागको सट्टा समितिमा मोर्चालाई पनि सहभागी गराउने गरी सहमति भएको थियो । सहमतिसूगै फोरम नेपाल र भण्डारी नेतृत्वको रामसपाले चुनावी अभियान अघि बढाएका छन् । सहमति भएलगत्तै यादवले 'औपचारिक रूपमा चुनावी अभियान सुरु गर्ने' प्रतिक्रिया दिएका थिए । यादवजस्तै रामसपा अध्यक्ष भण्डारीसमेत आइतबारदेखि चुनावी अभियानमा मधेस केन्दि्रत छन् । आइतबारदेखि भण्डारी आफ्नै गृह जिल्ला महोत्तरी र धनुषालगायतका चुनावी क्षेत्रमा खटिएका छन् । 'मुख्य माग सम्बोधन भएपछि चुनावी गतिविधिमै केन्दि्रत भएको छु' उनले भने, 'संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्ने हाम्रो पहिलेदेखिकै माग हो ।' महोत्तरीका विभिन्न गाविसमा उनी कार्यकर्ता भेटघाटमा व्यस्त छन् । रामसपा प्रवक्ता हाजी इजहारुल हक मिकरानीले पार्टीले चुनाव केन्दि्रत कार्यक्रम सुरु गरेको बताए । अब छिट्टै उम्मेदवार चयनका विषयमा पनि छलफल सुरु हुन्छ,' उनले भने । भदौ दोस्रो सातासम्म रामसपाले धनुषा, सिरहा, सर्लाहीलगायतका जिल्लामा चुनावी गतिविधि गर्नेछ । - 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger