Widgets

Home » , » बर्डफ्लुले बर्बाद व्यवसायी

बर्डफ्लुले बर्बाद व्यवसायी

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ साउन, काठमाण्डौ । बर्डफ्लु जीवाणुको संक्रमणले कुखुरा नष्ट भएपछि दीर्घकालीन आम्दानीको सोचमा पोल्ट्री व्यवसायमा लगानी गरेका व्यवसायी डुबेका छन् । अधिकांश व्यवसायी पेसावाटै पलायनको अवस्थामा पुगेका छन् । साउनमा राजधानीका एकपछि अर्को पोल्ट्री फार्ममा बर्डफ्लुको जीवाणु देखिएको छ । जीवाणु देखिएपछि फार्मका कुखुरा नष्ट गरिँदा एउटै व्यवसायीको ६० लाख रुपैयाँभन्दा बढि लगानी डुबेको छ । बढ्दो बर्डफ्लु संक्रमणले ५/६ लाख रुपैयाँमा लगानी गर्ने व्यवसायी बढ्दै गएका छन् । सरकारी तथ्यांकअनुसार भक्तपुरको आशापुरी हृयाचरीका सञ्चालक नारायणहरि खत्रीले ५० लाख भन्दा बढी रुपैयाँ गुमाएका छन् । तर खत्रीले बर्डफ्लुका कारण आफूले चार करोड रुपैयाँभन्दा बढि गुमाएण्को दाबी गरेका छन् । दुई चरणमा काकीको फार्मवाट सरकारको प्राविधिक टोलीले १८ हजार तीन सय ७६ कुखुरा, १३ हजार दुई सय ८१ अन्डा र नौ सय ८० किलो ग्राम दाना नष्ट गरेको छ । यो परिमाण हालको औसत बजार मूल्य अनुसार ५१ लाखरुपैयाँ माथिको हो । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । ‘पूर्वाधारदेखि हरेक क्षेत्रमा मेरो लगानी व्यर्थ भइसकेको छ, यस हिसावले चार करोडभन्दा बढी लगानी डुबेको छ , कार्कीले भने ।’ बर्डफ्लु संक्रमणले कुखुरा नष्ट गर्दै जाँदा व्यवसायी पलायन उन्मुख भइसकेको उनको दावी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger