Widgets

Home » , » समाजले नस्विकारेपछि दुलही फिर्ता

समाजले नस्विकारेपछि दुलही फिर्ता

Written By sangalo on Monday, August 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

बुटवल, भाद्र ४ - समाजले स्वीकार नगरेपछि रुपन्देहीमा अन्तरजातीय बिहे गर्ने एक दलित परिवारले दुलही फिर्ता पठाएको छ । सिपवा ८, पतिजियाका विपत हरिजनले बिहे भएको ५ महिनापछि दुलही फिर्ता पठाएका हुन् । आफ्नो जातको छोरी बिहे गरेर अपमान गरेको भन्दै दलित परिवारमाथि आक्रमण थालेपछि परिवार ५ महिनाअघि विस्थापित भएको थियो । विवाहपछि केटीका माइती पक्षले निरन्तर आक्रमण गरी विस्थापित गराएपछि बाध्य भएर दुलही फिर्ता पठाएको विपतले गुनासो गरे । 'सँगै जीउने र मर्ने कसम खाएर बिहे गरेका थियौं,' विपतले कान्तिपुरसँग भने, 'तर समाजले दलितको मायालाई देखी सहेन, त्यसैले फिर्ता पठाइदिएँ ।' विपतले चैत १ गते उपल्लो जात मानिने स्थानीय विन्देश्वरी भरसँग प्रेम विवाह गरेका थिए । सानैमा बिहे भए पनि गौना नभएकी भरले ३ वर्षे प्रेमपछि हरिजनसँग प्रेम विवाह गरेकी हुन् । विवाहलाई स्थानीयले मान्यता दिएनन् । त्यसपछि विपत र विन्देश्वरीले असार १५ गते जिल्ला अदालतमा विवाह दर्ता गरेर कानुनी मान्यता प्राप्त गरे । ५ महिनाअघि परिवार विस्थापित हुनुपर्‍यो । विस्थापितलाई स्थापित गर्न पटकपटक प्रहरी र संघसंस्थाले पहल गरेका थिए । तर कानुनले संस्कार बदल्न नसक्ने भएकाले गाउँको मर्यादा जोगाउन केटी फिर्ता पाउनुपर्ने अडानमा स्थानीय उभिएका थिए । स्थानीयको अडानका अगाडि केही नलागेपछि हरिजन परिवार दुलही फिर्ता पठाउन बाध्य भएको हो । विपतका दाजु सुग्रीवका अनुसार सुरुमा दुलहीले फिर्ता जान मानेकी थिइनन् । फिर्ता पठाएमा 'आत्महत्या' गर्छु भनेर रोइकराइ गरेकी थिइन् । विपतले धेरै नै जिद्दी गरे । गाउँलेको धम्की र त्रास सहेर र परिवार विस्थापित भएर बाँच्न नसक्ने अवस्था भएपछि उनीहरूलाई सम्झाइबुझाई दुलहीलाई गाउँलेका जिम्मा लगाइएको हो । त्यसका लागि साउन २२ गते अदालतबाट सम्बन्धविच्छेद गराइएको थियो । सम्बन्धविच्छेदपछि छोरी बुझेका भर परिवारले उनलाई भारतमा आफन्तकोमा लगेर राखेका छन् । जति बेला पनि रुने र टोलाउने गरेपछि उनलाई गाउँबाट आफन्तकोमा लगिएको स्थानीयले बताए । यता विपतको अवस्था उस्तै छ । दुलही फिर्ता पठाएपछि एकोहोरिने र टोलाइरहने उनलाई परिवारले निगरानीमा राखेको छ । अन्तरजातीय विवाहलाई हेरिरहेको मधेस मानव अधिकार गृह माहुरी होमका शैलेन्द्र हरिजनले भर परिवारले विवाह भइसकेकी छोरी फिर्ता लगेर कानुन, मानव अधिकार र सिंगो दलित समुदायको उपहास गरेको बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger