Widgets

Home » , » अन्तिम अवस्थामा जीवनको महत्त्व थाहा हुन्छ

अन्तिम अवस्थामा जीवनको महत्त्व थाहा हुन्छ

Written By sangalo on Monday, August 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


क्यान्सरबाट पीडित भएर झन्डै तीन महिना अमेरिकामा उपचार गराई भारत फर्किएकी नायिका मनीषा कोइराला यतिबेला आराम गरिरहेकी छिन्। मुम्बईको अन्धेरीस्थित घरमा केही साता आराम र पूजा पाठ गरेपछि उनी दस दिनका लागि हरिद्वार पुगिन्। उत्तराखण्डस्थित पतञ्जली योगपीठमा उनले योग र मेडिटेसनसम्बन्धी विशेष जानकारी लिइन्। 

प्राकृतिक पद्धतिबाट उपचार, व्यायाम एवं आयुर्वेदिक औषधीको प्रयोगका लागि आचार्य बालकृष्णले आफूलाई हरिद्वार बोलाएकाले आफू त्यहाँ आएको मनीषाले बताइन्। हरिद्वार बसाइका क्रममा आचार्य बालकृष्णको जन्मदिनको दिन आयोजित भव्य यज्ञमा सहभागी भइन् भने दोस्रो दिन बाबा रामदेवसँग योगमा सरिक भइन्। गोरो कलिलो अनुहार, छोटो केश, सेतो टप र रातो स्कर्ट लगाएकी मनीषाले पतञ्जली योगपीठमा साप्ताहिकका वीरेन्द्र पौडेलसँग गरेको विशेष कुराकानी ः 

तपाईंको स्वास्थ्य कस्तो छ ? 

राम्रो छ, उपचारपछि स्वास्थ्यमा धेरै सुधार आएको छ।

बिरामी हुनपूर्व कुनै लक्षण देखिएको थियो ? 

पहिले थाहै भएन। एक्कासि यस्तो सिरियस बिमारी लाग्छ भन्ने सोचेकी पनि थिइनँ। 

क्यान्सर कुन स्टेजमा रहेछ ? 

सुरुवाती स्टेजमै रहेछ, त्यसैले तीन महिनाको उपचार पछि ठीक भयो। 

अब उपचार गर्नु पर्दैन ? 

पर्दैन, तर आराम गर्नुपर्छ। अब केही महिना योग, मेडिटेसन आदि गरेर बस्नु पर्छ। 

बिरामी हुँदा कस्ता शुभेच्छा पाउनुभयो ? 

बलिउडका मेरा केही साथीले फोन गरेर स्वास्थ्य लाभको कामना गर्नुभयो भने अन्य विभिन्न देशबाट इमेल, सामाजिक नेटवर्क आदिको माध्यमबाट पनि थुप्रै शुभेच्छा आए। तपाईंहरू -नेपाली) सबैको प्रार्थना र शुभेच्छाले काम गर्‍यो। 

तीन महिनासम्म अमेरिका बस्दा कस्तो अनुभूति गर्नुभयो ? 

मैले आफू बिरामी भएपछि थाहा पाएँ कि मानिस बिरामी हुँदा वा दुःखमा पर्दा साथीभाइ वा आफन्तले भन्दा परिवारले नै -बुबा, आमा, दाजुभाइ) साथ दिँदा रहेछन्। साथमा बस्ने, खाना ख्वाउने र हेरचाह गर्ने काम परिवारले नै गर्छन्। 

फेरि चलचित्रमा अभिनय गर्नुहुन्छ ? 

अहिले त मैले झन्डै एक वर्ष आराम गर्नुपर्छ। त्यसैले अभिनय गर्दिनँ। यो बीचमा पनि केही चलचित्रका स्क्रिप्ट आएका छन्, घरमै बसेर अध्ययन गरिरहेकी छु। एउटा मलायलम चलचित्रको डबिङ पनि बाँकी छ स्वास्थ्य राम्रो भएपछि त्यो पहिले गर्नुपर्ला। 

हरिद्वार  किन आउनुभयो ? 

आचार्य बालकृष्णजीले बोलाएर आएकी हुँ। यहाँ प्राकृतिक, आर्युवेदिक उपचार तथा मेडिटेसनका बारेमा बुझ्न अनि आचार्य बालकृष्णजीको जन्मदिनमा सहभागी हुन आएकी हुँ। केही दिनको बसाइपछि पुन मुम्बई फर्केर आराम गर्छु। 

नेपाल कहिले जानुहुन्छ ?

यही दसैंमा नेपाल जाने सोच बनाएकी छु। दसैंमा आफन्तहरूसँग भेट पनि हुन्छ। 

बिरामी भएपछि के सिक्नुभयो ? 

मैले यो सानो समयमा धेरै कुरा सिकें। जीवनमा कहिले के हुन्छ कसैलाई थाहा हुँदैन। नसोचेको घटना, दुर्घटना जे पनि हुन सक्ने रहेछ, त्यसैले जीवनलाई ठोस रूपमा लिनुहुँदैन। हाम्रो जीवन अत्यन्तै सुन्दर छ, तर हामी स-साना कुरालाई ख्याल गरिरहेका हुन्छौ, तर जीवनको मुख्य कुरा छुटिरहेको हुन्छ। जब आपत्ति पर्छ तब मात्र सबै कुरा सम्झना आउँछ। जीवन हातबाट छुट्ने बेलामा बल्ल जीवनको महत्त्वपूर्ण कुरा र वास्तविक जीवन के हो थाहा हुन्छ। जीवनलाई सन्तुलनमा राखेर हिँड्नुपर्छ। नियमित व्यायाम, खानपान, आध्यात्म, योग, मेडिटेसन आदि सबैमा ध्यान दिनु आवश्यक रहेछ। 

तपाईंले नेपाल हिन्दूराष्ट्र नै हुनुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो नि ? 

हो, परिवर्तन हुनुपर्छ तर गणतन्त्र जनताको मुद्दा होइन। संविधानसभाबाट हिन्दूराष्ट्र हटाउन आवश्यक थिएन। यदि हटाउनै थियो भने नेपालको गरिबी, अशिक्षा र हिंसालाई हटाउनुपथ्र्यो, त्यसलाई किन हटाउन सकिएन ? 

तपाईं राजनीतिमा पनि सक्रिय हुने हल्ला थियो ? 

म राजनीतिका लागि बनेकी होइन। म एउटा कलाकार हुँ, नेपालमा राम्रो होस भन्ने चाहन्छु। नेपालको अवस्था देखेरै राजनीति राम्रो लाग्दैन। जनतामा सबै उस्तै छन् भन्ने सोच गहिरिएर बसेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger