Widgets

Home » » संविधानसभा चुनावको उम्मेदवारी दर्ता असोज १० गते (तालिकासहित)

संविधानसभा चुनावको उम्मेदवारी दर्ता असोज १० गते (तालिकासहित)

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१७ साउन, काठमाडौं । मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज १० गते हुने भएको छ । यस्तै समानुपातिक निर्वाचनमा भाग लिन राजनीतिक दलहरुले मनोनयन दर्ता गर्ने दिन असोज ७ गतेका लागि तोकिएको छ ।
निर्वाचन आयोगले बिहीबार स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिक निर्वाचनमा भाग लिन राजनीतिक दलहरुले मनोनयन दर्ता गर्ने समय असोज ७ गते तोकिएको छ । दलहरुले विहान १० बजेबाट ५ बजेसम्म निर्वाचन आयोगको केन्द्रीय कार्यालय, कान्तिपथ गएका उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।
८ गते नामावली दलहरुको नाम सार्वजनिक गरिनेछ भने ९ गते मनोनयन फिर्ता तथा १० गते अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । तालिका अनुसार असोज ११ गते राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । असोज ३१ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गरिनेछ भने दावीविरोध फिर्ता लगायतको प्रक्रिया पूरा गरेपछि कात्तिक २३ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यसैगरी पहिलो हुने निवाचन प्रणाली अर्थात प्रत्यक्षतर्फका उम्मेदवारहरुको मनोनयनपत्र दर्ता असोज १० गते निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामहरुमा हुनेछ । जुन,
११ गते मनोनयन पत्र दर्ताको सूची प्रकाशित हुनेछ भने १२ गते दावीविरोध, १३ गते जाचबुझ र १४ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै १५ गते उम्मेदवारको नाम फिर्ताको समय तोकिएको छ भने १६ गते अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई असोज १८ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
निर्वाचन प्रक्रियासँग असन्तुष्ट दलहरूसँग सरकारले छलफल गरिरहेका बेला निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरेपछि मंसिर ४ को चुनाव सर्ने सम्भावना कम देखिएको छ । एकातिर सरकारले निर्शत वार्तामा वोलाएको भन्दै बैद्य माओवादी वार्ताका लागि सकारात्मक देखिएको छ भने अर्कातर्फ आयोगले चुनावी कार्यक्रम सार्वजनिक गरेर निर्वाचन हुने सम्भावना बढाएको छ ।
यस्तो छ निर्वाचन कार्यक्रम
election-table

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger