Widgets

Home » , » मनिषालाई रुङ्दा रुङ्दै ‘डाक्टर’ बने प्रकाश 'दिनमा १० किलोमिटर हिँड्नोस्, १० वर्ष बढी बाँच्नुहुन्छ'

मनिषालाई रुङ्दा रुङ्दै ‘डाक्टर’ बने प्रकाश 'दिनमा १० किलोमिटर हिँड्नोस्, १० वर्ष बढी बाँच्नुहुन्छ'

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१७ साउन, काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई क्यान्सरको उपचार गराउने क्रममा उहाँका बुबा, आमा र भाइसमेत अमेरिकाको न्युयोर्कमा लामो समय बस्नुभयो । छोरीको उपचारका लागि अमेरिकाको आठ महिने बसाइका क्रममा उहाँका पिता एवं वीपीपुत्र प्रकाश कोइरालाले भने आफ्नो सम्पूर्ण ध्यान स्वास्थ्यसम्बन्धी अध्ययनमा लगाउनुभयो ।
‘म आफूलाई पढे लेखेको शिक्षित मान्छे ठान्थें । तर, सुन्ना रहेंछु’ अमेरिकाबाट मनिषालाई मुम्बई ल्याइपुर्‍याएर काठमाडौं र्फकनुभएका प्रकाशले अनलाइनखबरसँग भन्नुभयो, ‘मलाई त अमेरिका गएर पो थाहा भयो, हेल्थको विषयमा म शून्य रहेंछु । मैले एसएससी नेपालबाटै पास गरेको हो । तर, मलाई केही पनि थाहै रहेनछ ।’
छोरीको उपचारबाट फर्केपछि वीपीपुत्र प्रकाश पनि एक किसिमले डाक्टरजस्तै बन्नुभएको छ । त्यहाँ रहँदा आफूले स्वास्थ्यसम्बन्धी पुस्तकहरु पढेको र अब नेपालमा आफू केही (मन्त्री) भएको खण्डमा माध्यमिक तहसम्म स्वास्थ्य विषयको पाठ्यक्रम अनिवार्य गराउने उहाँले बताउनुभयो ।
मनिषा पिताको स्वास्थ्यसम्बन्धी आठ महिने अनुभव यस्तो छ :
- मनिषा अहिले क्यान्सरबाट पूरै मुक्त भइन् । तर, डाक्टरहरुले तीन/तीन महिनामा दुई वर्षसम्म ‘फलोअप’ गराइरहनुपर्छ भनेका छन् । तर, सुखद समाचार के छ भने यो पहिलो तीन महिनामा उनको रिपोर्टमा क्यान्सर सेल केही पनि छैन । डाक्टरहरुले यसलाई ‘सी-६’ भनेका छन् । यो भनेको क्यान्सर नभएसरह हो । मनिषा मुम्बईमा छिन् । उनी दशैंमा नेपाल आउँछिन् ।
- मनिषालाई क्यान्सर भएपछि म न्युयोर्कमा आठ महिना बसें । त्यहाँ मैले प्रचुर मात्रामा पढ्ने मौका पाएँ । त्यहाँ मैले हेल्थकै सम्बन्धमा पढें । त्यसबेला मलाई के लाग्यो भने भोलि म नेपालमा केही भएँ भने सबैभन्दा पहिले एसएलसी लेबलसम्म हेल्थ सम्बन्धी कोर्सलाई अनिवार्य बनाइदिन्छु । मलाई त अमेरिका गएर पो थाहा भयो, हेल्थको विषयमा त म शून्य रहेंछु । मैले पनि एसएससी नेपालबाटै पास गरेको हो । तर, मलाई त केही पनि थाहै रहेन छ । म आफूलाई पढेलेखेको शिक्षित मान्छे ठान्थें । तर, सुन्ना रहेंछु । त्यसैले नेपालको माध्यमिक तहको पाठ्यक्रममा हेल्थलाई अनिवार्य पार्नैपर्ने हरेछ । मैले यो कुरो धेरै मानिसहरुलाई सेयर गरें । यो मेरो आठ महिने अनुभव हो ।
-क्यान्सरबाट मुक्ति पाउनलाई म यहाँका सबै डाक्टरलाई भन्छु, तपाईहरु अमेरिकाका असाध्यै राम्रा डाक्टर एन्ड्रयु वीलले १५ वर्ष अगाडि लेखेको पुस्तक पढ्नोस् । उनका किताब पढ्दाखेरि त मलाई लाग्यो उनी क्रान्तिकारी डाक्टर रहेछन् । उनी भोलिका डाक्टर हुन् । उनी ३० वर्षपछिका डाक्टर हुन् । हामीले जुन मेडिसिन लिइराखेका छौं, यसमा उनले प्रश्नचिन्ह लगाएका छन् । जबकि उनी यही मेडिसिनबाट हुर्केका प्रशिद्ध डाक्टर हुन् । अबको मेडिकल दुनियाँ अबको १० वर्षपछि उनैको पछि लाग्छ, म यो ठोकुवा गरेर भन्न सक्छु ।
-मनिषाको फुड ह्याबिटका कारण अब म दाबीका साथ भन्छु, उनलाई अब क्यान्सर हुँदैन । मैले के बुझें भने मान्छेले दिनमा १० किलोमिटर हिँड्नुपर्छ । मान्छे दुई पांग्रे हो । जति तपाईले खुट्टाको प्रयोग गर्न सक्नुभयो, उति तपाईको स्वास्थ्य राम्रो हुन्छ । तपाईले सादा खाना खानुभयो भने तपाईको आयु ७० वर्षबाट ८० वर्ष पुग्छ ।
-नेपालमा जुन प्रोफेसनल डाक्टरहरु छन्, उनीहरु राम्रा छन् । डा. उपेन्द्र देवकोटाको अस्पताल अन्तरराष्ट्रिय स्तरको छ । डा. भगवान कोइराला नै छन् । तर, यस्ता डाक्टरहरुलाई प्रोत्साहन गर्नुपर्छ । मैले मनिषाको क्यान्सर रोग पत्ता लगाउने डा. मधु घिमिरेलाई भनेको थिएँ, तिमी त नेशनल डाक्टर हौ भाइ । नेशनल डाक्टरको काम गर्न सक्छु भन्ने आँट तिमीमा किन आउँदैन भन्दा उनले म सक्छु प्रकाश दाइ भनेका छन् । म उनीप्रति आभारी छु । यस्ता डाक्टरहरुलाई राज्यले प्रोत्साहन दिनुपर्छ । तर, दिन सकेको छैन । यहाँ डाक्टरहरु धेरै प्रोफेसनल एवं सक्षम डाक्टरहरु छन् । रोग पत्ता लगाउन उनीहरु अचूक छन् । तर, यहाँ त यस्तो माहौल बनाइएको छ कि तँ कांग्रेसी डाक्टर होस्, तँ कम्युनिष्ट डाक्टर होस् । यसरी त हुँदैन नि । पञ्चायतकालसम्म नेपालको एयरपोर्टमा राम्रो रेष्टुरेन्ट थियो, तर बहुदल आएपछि त्यहाँ कांग्रेसका कार्यकर्ता छिरेर पैसा नतिरी ब्ल्याक लेबल र ब्लु लेबल खाइदिन थालेपछि त्यो रेष्टुरेन्ट भाग्यो ।
-म अमेरिकामा बस्दा म सधैं नेपाली टोपी लगाउँथे । म छोरीको उपचारको निम्ति गएको सामान्य मान्छे मात्रै थिएँ त्यहाँ । मनिषा सेलिबे्रटी हो, म सेलिब्रेटीको बाबु हुँ । म नेपाली भएकाले मैले कुनै गलत काम गरें भने मैले नेपालको प्रतिनिधित्व गरिरहेको हुन्छु अनुभूति मैले हर हमेसा गरें । त्यसैले डाक्टरहरुसँग कुरा गर्दा पनि यो कुरामा ध्यान दिएँ । नेपालीहरुलाई अनपढ, बेवकुफ नठानुन् भनेर मैले निकै होस गरेर बोलें । यसमा पनि म अमेरिकनहरुका अगाडि उत्तीर्ण भएँजस्तो लाग्यो । अमेरिकनहरुका अगाडि नेपाललाई राम्रो रुपमा परिचित गराएँजस्तो लाग्यो ।
-मैले त्यहाँ अर्को के थाहा पाएँ भने मनिषाले नेपाली भएको नाताले अन्तरराष्ट्रिय मञ्चमा जानलाई र परिचित हुनलाई जति सजिलो छ, यसका लागि वीपी कोइरालाले धेरै संघर्ष गर्नुपरेको थियो । अन्तरराष्ट्रिय मञ्चमा प्रवेश गर्न राजनीतिज्ञलाई भन्दा सेलिब्रेटीलाई धेरै सजिलो हुँदोरहेछ । मनिषालाई २२ भन्दा बढी देशबाट विभिन्न मानिसहरुले स्वाथ्य लाभको कामना गर्नुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger