Widgets

Home » » फेसबुकले सुरु गर्‍यो एम्बेडेबल पोष्ट

फेसबुकले सुरु गर्‍यो एम्बेडेबल पोष्ट

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
फेसबुकले सुरु गर्‍यो एम्बेडेबल पोष्ट
सार्वजनिक अन्तरक्रियालाई अझ सशक्त पार्ने उद्देश्यले फेसबुकले 'एम्बेडेबल पोष्ट' सेवा सुरु गरेको छ। ट्विटर र युट्युबलाई पछ्‌याउँदै फेसबुकले पनि उस्तै ढंगले एम्बेड गर्नसक्ने सुविधा ल्याएकव छ। पोष्टको दायाँपट्टि एम्बेड अप्सन राखिएको छ। त्यहाँ क्लिक गर्नासाथ प्राप्त हुने कोडलाई ब्लग वा न्युज मिडियाले पेष्ट गरी एम्बेड गर्न सक्नेछन्।
फेसबुकले तत्काललाई एम्बेड सुविधा सबै प्रयोगकर्तालाई दिइसकेको छैन। सिएनएन, हफिङ्टन पोष्ट र पीपल म्यागेजिनले सुरुमा यो सुविधा पाएका छन्। फेसबुकको एम्बेड सुविधाबाट ब्लग तथा डिजिटल मिडिया लाभान्वित हुने फेसबुकको विश्वास छ।
फेसुबकको यो सुविधाले सर्वसाधारणका अभिव्यक्त पोष्ट एम्बेड गरी मिडियाले प्रयोग गर्न सहज बनाइदिनेछ। हुन त फेसबुकका ७२ प्रतिशत प्रयोगकर्ता आफ्ना पोष्टलाई प्राइभेट राख्न चाहन्छन् भन्ने एक सर्भेले देखाएको थियो। अरब आन्दोलन जस्ता जनअभियानमा एम्बेड र ह्यास ट्यागबाट ट्विटरले आफूलाई अझ सशक्त सावित गरेको थियो। फेसबुक अहिले त्यो कुरामा आफूलाई अब्बल बनाउनतर्फ लाग्दैछ। जुन महिनाको मध्यमा फेसबुकले ह्यासट्याग सुविधा ल्याइसकेको छ।

यसरी देखिन्छ एम्बेड कोड

facebook

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger