भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बर्दिवासमा २ बर्ष पछि फेरी संचालनमा आएको ‘जानकी हल’को नायक जीवन लुइटेल र निर्देशक विकास आचार्यले उद्घाटन गरेका छन् । करिब ४ सय सिट क्षमता भएको यो हल २ बर्ष अघि बन्द भएको थियो । तर नेपाली सिनेमाको बजार विस्तार हुँदै गएपछि बन्द भएका हलहरु पनि खुल्न थालेका छन् ।
नायक जीवन लुइटेलले आफूहरु चलचित्र फेरी ‘नाई नभन्नु ल’ को लोकेशन हन्टिङका लागि बर्दिबास पुगेको जानकारी अनलाइनखबरलाई गराएका छन् । विकास आचार्यको निर्देशनमा बन्न लागेको यो चलचित्र पूर्णतया लभस्टोरी कथामा तयार हुनेछ । चलचित्रमा नायक जीवन लुइटेल र बालकलाकार अनुभव रेग्मी पक्का भइसकेका छन् ।
चलचित्रको नाम ‘नाई नभन्नु ल २’, ‘फेरी नाई नभन्नु ल’ वा ‘तिमी मेरी बन्नु ल’ मध्ये एक राखिने निर्देशक आचार्यको भनाई छ । चलचित्र ‘नाई नभन्नु ल’ सुपरहिट भएपछि निर्देशक आचार्यले यसको सिक्वेल बनाउने तयारी गरेका हुन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.