Widgets

Home » , » एमाओवादीले खोज्न थाल्यो पूर्वलडाकू

एमाओवादीले खोज्न थाल्यो पूर्वलडाकू

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले निर्वाचनलाई लक्षित गरी प्रत्येक गाविसमा रहेका पूर्वलडाकूहरुको तथ्याङ्क संकलन शुरु गरेको छ । समायोजन प्रक्रियामा गई नेपाली सेनामा तालिम लिइरहेका लडाकुहरुको पनि एमाओवादीले विवरण लिएको छ । साथै वैदेशिक रोजगारीमा गएका पूर्व लडाकूहरुको पनि विवरण लिन थालिएको छ ।
पार्टीले सञ्चालन गरेको एकमहिने चुनावी अभियानका क्रममा यसरी पूर्वलडाकूहरुको विवरण संकलन गरेको हो ।pla
पूर्व लडाकहहरु कुन गाविसमा कति छन् भन्ने विवरण फारम भरेर केन्द्रीय कार्यालयमा केन्द्र त गर्न थालिएको छ । फारममा कुन गाविसमा कति ‘पीएलए’ छन् र तीमध्ये कति समायोजनमा गएका छन् भन्ने विवरण पनि संकलन गरिएको छ । पूर्वलडाकूमध्ये कुन गाविसमा कतिले पार्टीमा काम गरिरहेका छन् र के कति पूर्व लडाकूहरु निश्त्रिmय बसेका छन् भन्ने पनि विवरण फारममा उल्लेख छ । साथै वैदेशिक रोजगारीमा गएका पूर्वलडाकूको पनि विवरण देशैभरिबाट भेला पारिएको छ । विघटन भइसकेको लडाकूहरुको तहगत विवरणसमेत संकलन गरिएको छ ।
चुनावमा मज्जाले लाग्न पाउँछन् : बलदेव
एमाओवादीका केन्द्रीय नतेा एवं पूर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल बलदेव पार्टीका आफ्ना कार्यकर्ताहरु कहाँ के गर्दैछन् भनेर खोजी गर्नु स्वाभाविक कार्य भएको बताउनुहुन्छ । ‘हामीले आफ्ना कार्यकर्ताहरुको अवस्था के छ भनेर खोजी गर्नु कुन अनौठो भयो र ?’ खनालले अनलाइनखबरसँग भन्नुभयो, ‘केही साथीहरु उत्पादन कार्यमा लाग्नुभएको रहेछ, अधिकांश साथीहरु पार्टीमै सक्रिय हुनुहुन्छ ।’
आगामी चुनावमा धाँधली गर्नका लागि पूर्व लडाकुहरुको परिचालन हुन सक्ने विपक्षीको आशंका छ नि भन्ने अनलाइनखबरको प्रश्नमा खनालले भन्नुभयो-’पूर्वभारतीय सेना, पूर्वप्रहरी वा पूर्वनेपाली सेनाले कहाँ के गर्छ भनेर खोज्ने अधिकार कसलाई छ ? पूर्वसैनिकले मज्जाले राजनीतिमा भाग लिन पाउँछ । हामीले भनेका छौं, पूर्वजनमुक्ति सेनाले पनि मज्जाले चुनावमा भाग लिन पाउँछन् ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger