भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

काठमाडौं - ग्रान्डी इन्टरनेसनल हस्पिटलले चाँडै नै जमलमा सिटी सेन्टर सञ्चालन गर्ने तयारी गरिरहेको छ। अन्तर्राष्ट्रियस्तरको सेवा दिने उद्देश्यले टोखामा खुलेको ग्रान्डीले सहरभित्रका सेवाग्राहीलाई सुविधा दिन जमलमा सिटी सेन्टर सञ्चालन गर्न लागेको हो। ग्रान्डीमा लगानीकर्तामध्येको एक ज्योति समूहका अध्यक्ष पद्म ज्योतिले केही समयभित्रै जमलको सिटी सेन्टर सञ्चालनमा आउने बताए।
थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालसँगको व्यवस्थापन साझेदारीमा सञ्चालित ग्रान्डीले उताको अस्पतालमा पाइने सबै उपचारसेवा नेपालमा उपलब्ध गराउने छ। बैंककस्थित समितिभेजलाई विश्व स्वास्थ्य संगठन र युनिसेफले मातृ तथा शिशु स्वास्थ्यमा उत्कृष्ट अस्पताल भनेका छन्।
नेपालमा हालसम्म नभएका उपचार सेवा उपलब्ध हुने दाबी गर्दै आएको ग्रान्डीले काठमाडौंको भित्री भागका सेवाग्राहीलाई लक्षित गर्दै सिटी सेन्टर चलाउन लागेको ज्योतिले बताए। आवश्यकताअनुसार अन्य स्थानमा समेत यस्ता सेन्टर सञ्चालन गरिने उनले बताए।
टोखाको मुख्य अस्पतालमा सम्पूर्ण सेवा सुरु गरिसकेको ग्रान्डीले जमलस्थित सिटी सेन्टरमा पनि आधुनिक उपकरण जडान गरिसकेको उनले बताए। 'सबै काम केही समयमै सम्पन्न भई सेन्टर सञ्चालनमा आउने छ,' उनले भने।
ग्रान्डीमा हाडजोर्नी, मुटु, मिर्गौला, ग्यास्ट्रिक, न्युरोसम्बन्धी रोगका शल्यक्रिया गरिनेछ। एमआरआई, आइसियू, सिसियू सेवा, प्लास्टिक सर्जरी, मानसिक रोगको उपचार, मिर्गौला प्रत्यारोपण लगायत सेवा उपलब्ध हुनेछन्। अस्पतालमा अत्याधुनिक 'स्टेरियललाइजेसन' (स्वास्थ्य उपकरणलाई किटाणुरहित बनाउने) प्रविधि प्रयोग गरिएको बताइएको छ।
सिटी सेन्टरमा सिटी स्क्यान, एक्स–रे, प्रयोगशाला, फिजियोथेरापी लगायत सुविधा उपलब्ध हुने बताइएको छ। 'जटिल समस्या भएका विरामी ग्रान्डीमै जानेछन्,' उनले भने, 'तर सामान्य विरामी, प्राथामिक चरणको परीक्षणका लागि जमल पायक पर्नेहरुले सिटी सेन्टरबाटै सेवा लिन सक्छन्।'
टोखास्थित अस्पतालमा बिरामीदेखि सबैको स्वाद र आवश्यकता अनुसारको खाना उपलब्ध हुने फुडकोर्ट, प्रत्येक तलामा फार्मेसी, बिरामीको शैयासमेतलाई तलमाथि गराउन मिल्ने ९ ओटा सुविधासम्पन्न लिफ्ट उपलब्ध हुनेछन्। १४ तलाको अस्तपाल भूकम्प प्रतिरोधी छ। बिरामीका आफन्तलाई ग्रान्डीले सुविधासम्पन्न आवास उपलब्ध गराउने छ। रिङरोडबाट टोखा जाने बाटोमा रहेको अस्पताल पुग्ने करिब २ किलोमिटर सडक पिच भइसकेको छ। अपांगमैत्री भवन संरचना, हेलिप्याड सुविधा ग्रान्डीका थप विशेषता हुन्।
ग्रान्डीमा ज्योति समूह, सिई कन्स्ट्रक्सनलगायत अन्य व्यक्ति र संस्था गरी ८० लगानीकर्ताले पैसा हालेका छन्। सुरुमा करिब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको ग्रान्डी तयार भइसक्दा ३ अर्ब रुपैयाँ खर्च भएको यसका प्रवर्द्धक बताउँछन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.