Widgets

Home » , » आइतबार थिम्पुमा मनाङ फाइनल भिड्ने

आइतबार थिम्पुमा मनाङ फाइनल भिड्ने

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आइतबार थिम्पुमा मनाङ फाइनल भिड्ने
काठमाडौं- लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब भुटानको थिम्पुमा जारी किङ्स कप फुटबलको फाइनल पुगेको छ। भारतीय राष्ट्रिय टोलीका पूर्वकप्तान भाइचुङ भुटियाको युनाइटेड सिक्किमलाई अतिरिक्त समयमा ६–२ ले हराउँदै मनाङ उपाधिनजिक पुगेको हो। निर्धारित ९० मिनेटमा २–२ गोल भएपछि थप समयभित्र मनाङले ४ गोल गर्यो । त्यसमा अफ्रिकन मूलका योना इलियासले ह्याट्रिक पूरा गरे। मनाङले स्वदेशी ए डिभिजन प्रतिद्वन्द्वी लक्ष्मी बैंक थ्री स्टार वा भुटानी लिग च्याम्पियन याडजिनसँग आइतबार फाइनल खेल्नेछ। थ्री स्टार र याडजिनबीच शुक्रबार सेमिफाइनल हुँदैछ। पछिल्लो पटक सन् २००४ मा पनि मनाङ किङ्सको फाइनल पुगेको थियो। त्यति बेला मनाङ फाइनलमा थाइल्यान्डको बिइसी टेरो ससनासँग पराजित भयो। त्यसयता किङ्स कप पहिलोपल्ट आयोजना भइरहेको छ। थप समयमा अर्को गोल राष्ट्रिय टोलीको अन्तिम २५ मा नपरेपछि बिहीबार थिम्पु पुगेका सुलभ मास्केले गरे। योनाले थप समयको १०, २० र २८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। सुलभले १७औं मिनेटमा गोल गरेका हुन्। चान्लिमिथाङ रंगशालामा भीम दलार्मीको गोलबाट मनाङले २०औं मिनेटमा अग्रता बनायो। खेलमा पछि परेपछि सिक्किमले मनाङमाथि दबाब बढाए पनि मनाङका गोलकिपर अजित प्रजापतिले सबै आक्रमण विफल पार्दै लगे। सिक्किमले पहिलो हाफमै बराबरीको राम्रो मौका गुमायो। ४३औं मिनेटमा सिक्किमे खेलाडीको पेनाल्टी पोस्टमा लागेको थियो। दोस्रो हाफको सुरुआतमा अजित घाइते हुँदै मैदान बाहिरिएपछि ब्रिजेश सिंहले मनाङको पोस्ट सम्हालेका थिए। ५१औं मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै गत सिजन आई लिग खेलेको सिक्किमविरुद्ध अन्तर दोब्बर पारे। ६२औं मिनेटमा वृजेन्द्रले गोल गर्दै सिक्किमलाई खेलमा फर्काउने प्रयास गरे। उनै वृजेन्द्र ७८औं मिनेटमा दोस्रो गोल गर्न चुकेपछि खेल बराबरी हुन पाएन। अन्तिम ७ मिनेट बाँकीमा भाइचुङको प्रहार गोल नभएपछि मनाङ बराबरीबाट जोगिएको थियो। दोस्रो हाफमा मैदान छिरेका भाइचुङको प्रहारमा ब्रिजेश अल्मलिए। इन्जुरी टाइमको पहिलो मिनेटमा थुवेनले बराबरी गोल गर्दै खेल थप समयतर्फ डोर्याबएका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger