Widgets

Home » , » चिया खाने मानिसमा क्यान्सरको खतरा कम

चिया खाने मानिसमा क्यान्सरको खतरा कम

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दिनको कम्तीमा ५ कप चिया पिउने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा कम हुने एक अध्ययनले देखाएको छ । नेदरल्याण्डका वैज्ञानिकहरुले गरेको अध्ययनले दिनको ५ कप वा त्यो भन्दा बढि चिया पिउने पुरुषमा चौथो तहको प्रोस्टेट क्यान्सरको खतरा ३३ प्रतिशतले कम हुने देखाएको हो । त्यस्तै कम्तिमा एक कप चिया खाने पुरुषमा दोश्रो तहको प्रोस्टेट क्यान्सर विकाश हुने सम्भावना २५ प्रतिशतले कम हुन्छ ।
tea
दोश्रो चरणको प्रोस्टेट क्यान्सर भनेको प्रोस्टेट क्यान्सरको त्यो अवस्था हो जहाँ प्रोस्टेट ग्रन्थीमा टयुमर पलाउँछ तर त्यस्ता टयुमर अन्त फैलिएको हुँदैन । जबकी चौथो तहको प्रोस्टेट क्यान्सरका बेला यस्ता टयुमर लिम्फ नोड, हाड तथा कलेजो लगायतमा फैलिएको हुन्छ ।
चियामा पाइने फ्लाभिनोइड्स तत्वले क्यान्सरजन्य कोषको वृद्धि रोक्ने काम गर्छ । चियामा दुध, चिनी तथा कागती मिसाए नमिसाएको कुराले त्यसलाई केही फरक नपार्ने र सबैको प्रभाव एउटै हुने शोधकर्ताहरुको भनाइ छ ।
चियाको सेवनले प्रोस्टेट क्यान्सरको खतरा कम गर्ने निष्कर्षनिकाल्नका लागि वैज्ञानिकहरुले ५८ हजार भन्दा बढि मानिसमा अध्ययन गरेका थिए । एक कप चियामा डेढ सय देखि दुइ सय मिल्रि्राम सम्म फ्लाभिनोइड्स तत्व पाइन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger