Widgets

Home » » अमिताभ बच्चनले फैलाए बुद्ध नेपालमा जन्मिएको सन्देश

अमिताभ बच्चनले फैलाए बुद्ध नेपालमा जन्मिएको सन्देश

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१९ साउन, काठमाण्डौं । केही समयअघि भारतीय च्यानल सोनीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा कार्यक्रम सञ्चालक एवं बलिउडका महानायक अमिताभ बच्चन र एक पुरुष प्रतियोगिबीचको प्रश्नोत्तरले नेपाली दर्शकको पनि ध्यान तान्यो । अमिताभ बच्चन: अब ६ लाख ४० हजार रुपैयाँ (भारु) का लागि प्रश्न छ, गौतम बुद्धसँग जोडिएका यी मध्ये कुनचाँही घटना नेपालमा भयो । तपाईका लागि अप्सन छन्ः- एः जन्म बीः ज्ञान प्राप्ति सीः पहिलो उपदेश डीः महापरिनिर्वाण । प्रतियोगीः ज्ञान प्राप्ति बोधगयामा भएको थियो । उनले पहिलो उपदेश सारनाथमा दिएका थिए । महापरिनिर्वाणचाँही मेरै जिल्ला अर्थात कुशीनगरमा प्राप्त गरे । निश्चय नै बुद्धको जन्म नेपालमा भएको हो । त्यसैले मेरो उत्तर हुनेछ, ‘एः जन्म ।’ अमिताभः के यो फाइनल उत्तर हो ? प्रतियोगीः बिलकुल । अमिताभः एः जन्म यानि बर्थ मा ताला लगाउँदा हुन्छ ? प्रतियोगीः बिलकुल ताला लगाए हुन्छ । अमिताभः कम्प्युटरजी, ए-जन्म यानि बर्थ मा ताला लगाउनुस र बताउनुस यो जवाफ सही हो कि हैन ? (कम्प्युटरले ए अप्सनमै हरियो संकेत गरेपछि) तपाई बिलकुल सही हुनुहुन्छ । एः जन्म नै सही उत्तर हो । तपाईले ६ लाख ४० हजार रुपैयाँ -भारु) जित्नुभयो । बधाई छ । धन्यवाद छ, अमिताभलाई पनि । भारतै कतिपय मिडिया र मिसिनरीले ‘भगवान गौतम बुद्धको ज्न्म भारतमा भएको’ गलत प्रचार गरिरहेका बेला ‘बिग बी’ ले आफूलाई सत्यको पक्षमा उभ्याएका छन् । आखिर सही जवाफ यही हो, बुद्धको जन्म नेपालमा भएको हो । यो सही जवाफ जव भारतको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ मार्फत विश्वभर फैलियो, नेपालीमाझ खुसी सञ्चार भयो । सामाजिक सञ्जालहरुमा अमिताभको व्यापक प्रसंसा भयो, भइरहेको शनिबार प्रकाशित अन्नपूर्ण पोस्टमा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger