Widgets

Home » » जलवायु परिवर्तनका कारण स्याउ वेस्वादे गुलियो बन्दै

जलवायु परिवर्तनका कारण स्याउ वेस्वादे गुलियो बन्दै

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
स्याउको विशेषता भनेकै केही अमिलो, केही गुलियो अनि दाँतले टोक्दा कचक्क गर्ने हो । तर जलवायु परिवर्तनका कारण स्याउले आफ्नो यस्तो ‘क्रन्ची’ विशेषता गुमाउँदै गएको र स्याउ बढि गुलियो बन्दै गएको एक अध्ययनले देखाएको छ ।
Apple-Jumla
जापानी वैज्ञानिकहरुले ४० वर्ष लगाएर गरेको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो । शोधकर्ताहरुले सन् १९७० देखि २०१० सम्ममा जापानका विभिन्न दुइवटा बगैँचामा फुजी र सुगारु जातका स्याउमा अध्ययन गरेका थिए । त्यसबाट के पत्ता लाग्यो भने जापानले आफ्ना असली स्वाद तथा स्वरुप गुमाउँदैछ । ती दुइ बगैँचा जापनको नागानो र ओमोरी क्षेत्रमा छन् । त्यहाँ पछिल्लो एक दशकमा औषतमा ०.३१ र ०.३४ डिग्री सेल्सियस तापक्रम बढेको पाइएको छ ।
नेचर जर्नलमा छापिएको समाचार अनुसार तापक्रम वृद्धिका कारण स्याउ छिटो फुल्ने तथा फल बढ्ने समयमा समेत तापक्रम बढि हुने भएकाले स्याउको स्वाद तथा संरचनामा नकारात्मक असर पुगेको हो ।
यसअघिका विभिन्न अध्ययनले जलवायु परिवर्तनका कारण स्याउ छिटो फुल्न थालेको तथा वषर्ा र तापक्रमका कारण स्याउको उत्पादनमा पनि असर पुगेको देखाएको थियो ।
पछिल्लो अध्ययनले जलवायु परिवर्तन तथा तापक्रम वृद्धिका कारण स्याउको फलमा अम्लपना तथा गठिलोपनामा ह्रास आएको तथा चिनीको मात्रामा बढोत्तरी भएको देखाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger