Widgets

Home » » तीन दिनदेखि गर्भमा मृत शिशु

तीन दिनदेखि गर्भमा मृत शिशु

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

तीन दिनदेखि गर्भमा मृत शिशु

मुगु - सरकारले वर्षेनी सुरक्षित मातृत्व कार्यक्रमका नाममा डेढ अर्ब रुपैयाँ खर्च गर्छ, मुगु रोवा–९ की लछिमा बुढा भने आर्थिक अभावले तीन दिनदेखि गर्भमा मरेको शिशु बोकेर सदरमुकाम गमगढीमा मृत्युसँग लडिरहेकी छन्। तीन दिनअघि गर्भमा रहेको शिशु चल्न छाडेर असजिलो भएपछि उपचारका लागि गमगढीस्थित जिल्ला अस्पताल आएकी उनको अझै उपचार सुरु भएको छैन। सदरमुकामबाट चार घन्टा टाढा रोवा–९, शोभागाउँकी बुढालाई बिहीबार स्वास्थ्य समस्या देखिएपछि शुक्रबार पति धनी बुढाले एक महिला आफन्तसाथ अस्पताल लिएर आए। अस्पतालले शिशु गर्भमै मरिसकेको भिडियो एक्सरेबाट पत्ता लगाए पनि उपचार सुरु गरेन, बरु अन्यत्रै रेफर गरेर झन्झट पन्छायो। जिल्ला अस्पतालका स्वयंसेवक फिलिपिनो चिकित्सकले अवस्था गम्भीर भएकाले बिरामीलाई जुम्ला वा नेपालगन्ज अस्पताल रेफर गरिन्। गमगढीबाट बाहिर लैजान हेलिकोप्टर चार्टर गर्नुपर्छ। त्यसका लागि आफूहरूसँग रकम नभएको परिवारले जनाएका छन् । जिल्ला अस्पतालका अस्थायी र करार चिकित्सक लोकसेवा तयारीका लागि बाहिर गएकाले अस्पतालमा सरकारी चिकित्सक छैनन्। ४२ वर्षीया लछिमाको यो चौथो गर्भ हो। उनका दुई छोरा, एक छोरी छन्। पेट दुख्ने, शरीर सुन्निने समस्याले उनको अवस्था गम्भीर हुँदै गएको छ। चार दिनयता उनको मुखमा अन्नसमेत परेको छैन। लछिमाका श्रीमान धनी बुढाले श्रीमतीको यस्तो हालत हुँदा पनि पैसा नभएर उपचारका लागि बाहिर लैजान नसकेको बताए। 'आफूसँग पैसा छैन, पैसा भए हेलिकोप्टरमा भए पनि लगिन्थ्यो होला, नेपालगन्ज त के, जुम्ला लैजाने अवस्था पनि छैन,' उनले भने। हेलिकप्टर चार्टर गरेर उपचारमा लैजान २ लाख रुपैयाँभन्दा बढी खर्च हुने उनले बताए। सामान्य किसान बुढाको जायजेथाका नाममा पाँच रोपनी पाखो बारी छ। फुर्सदमा मजुदरी गरेर परिवारको गर्जाे टार्दै आएका उनले ऋणपान गरेर ८–१० हजार बोकेका थिए, श्रीमतीलाई अस्पताल ल्याउँदा। 'घरबाट ल्याएको सकियो, पैसाको खोजीमा छु,' बुढाले सुनाए। जिल्ला अस्पतालले रेेफर गरेपछि उपचार भइहाल्ला कि भन्ने आशले परिवारले लछिमालाई सदरमुकाम गमगढीस्थित निजी रारा अस्पतालमा राखेको छ। रारा अस्पतालमा पुनः भिडियो एक्सरे गर्दा शिशु मरेकै ठहर भएको छ। 'बिरामीलाई जुम्ला वा नेपालगन्ज लैजानसक्ने हैसियत छैन, यहीँ बच्चा निकालिदिनुहोस्, घरमा भन्दा बरु यहीँ मर्नु निको भनेर आफन्त भनिरहेका छन्,' रारा अस्पतालका डा. किशोर परियारले भने, 'लछिमाले तीन दिनदेखि बच्चा चल्न छाडेको भने पनि त्यसअघि नै मरेको हुनसक्छ, हामीले बाहिर लगेर तत्काल मृत शिशु निकाल्नुपर्छ भनेका छौं।' राराले उनलाई सलाइन मात्र दिएर राखेको छ। डा. परियारका अनुसार लछिमालाई कृत्रिम व्यथा लगाएर प्रसूति गराई मरेको बच्चा निकाल्नुपर्छ। बिरामीको रगतमा हेमोग्लोबिन मात्रा कम भएकाले जोखिम छ। चिकित्सकका अनुसार यस्तो अवस्थामा सुत्केरी गराउँदा बढी रक्तश्राव हुन्छ। जोखिम भएकैले यहाँका डाक्टरले उपचार सुरु नगरेको अस्पतालले जनाएको छ। 'यसरी भएन भने तत्कालै शल्यक्रिया गरेर पनि बच्चा निकाल्नुपर्छ, जुन मुगुमा सम्भव छैन,' डा. परियारले भने। उनका अनुसार सामान्यतः शरीरमा १२ देखि १४ प्रतिशत रगत हुनुपर्नेमा लछिमाको शरीरमा ४ प्रतिशतमात्र छ। उनको उपचार थाल्न आवश्यक बी पोजेटिभ समूहको तीन प्वाइन्ट रगत जुट्न नसकेको परियारको भनाइ छ। 'रगत पाइहाले पनि अवस्था असामान्य भएकाले यसै होला भन्न सकिन्न। जुम्ला वा नेपालगन्ज अस्पतालजस्तो अत्याधुनिक उपकरण र सुविधा यहाँ छैन।' नेपाल रेडक्रस सोसाइटी, मुगुले जिल्ला अस्पतालमा दुई महिनाअघि ब्लड बैंक सुरु गरिए पनि त्यहाँ रगत संकलन हुन सकेको छैन। कसैलाई रगत चाहिए दाता खोजेर तत्काल बिरामीलाई दिँदै आएको रेडक्रसका कर्मचारी शंकर ढुंगानाले बताए। लछिमालाई जतिसक्दो चाँडो बाहिर जिल्ला लैजानुको विकल्प नरहेको चिकित्सकले बताए पनि अन्यत्र लान आर्थिक अभावका कारण परिवार विलखबन्दमा छ। यहाँबाट नजिकै जुम्ला अस्पतालमा पुर्‍याउन दुई दिन हिँड्नुपर्छ। रारा विमानस्थल प्रतिकूल मौसमका कारण दुई महिनादेखि बन्द छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger